धरान: प्रदेश सरकारले कोशी नामकरणको विरोधमा आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले मंगलबार प्रेश विज्ञप्ती जारी गर्दै पुर्वघोषित विरोधका कार्यक्रमहरु स्थगन गरी वार्ता र संवादबाट निकास खोज्न सम्बन्ध पक्षलाई आह्वान गरेका हुन् । प्रदेश नामकरणप्रति विमती राख्ने पक्षले विरोधको कार्यक्रम गरिरहेको र गणतन्त्र दिवस मनाउने क्रममा मुख्यमन्त्री हिक्मत कार्कीले पनि वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न अनुरोध गरिसकेको मन्त्री सिटौलाले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

जेठ १४ गते प्रदेशसभा बैठक बस्ने दिन प्रदेश १ पुनःनामकरण संयुक्त संघर्ष समितिको आह्वानमा विराटनगरमा विरोध कार्यक्रम भएको थियो । उक्त दिन बसेको प्रदेशसभाको बैठकमा सांसदहरुले आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका थिए ।

koshi 1