धरान: धरानको कार्यपालिका बैठकले इटहरीसँगको सिमाना विवाद समाधान गर्न जिल्ला समन्वय समितिलगायत सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको छ । 

बिहिबार बसेको कार्यपालिका बैठकमा साँध सिमाना यकिन गरी आफ्नो भौगोलिक क्षेत्राधिकार निश्चित गर्ने एजेण्डा पेश गरिएको थियो । उक्त एजेण्डामा छलफल गर्दै बैठकले जिल्ला समन्वय समितिलगायत निकायलाई सिमाना विवाद समाधान गर्न पत्राचार गर्ने निर्णय गरेको हो । 

केही समयअघि धरानले पानीपिया क्षेत्रमा सिमा प्रारम्भ बोर्ड राखेपछि राष्ट्रिय युवा संघ इटहरीले उखेलेर फालेको थियो । त्यसपछि धरान र इटहरीबीच सिमाना विवाद चर्किएको थियो । विगतमा धरान र इटहरीको सिमाना चारकोशे जंगलमा पर्ने कोशी राजमार्गको सेउती खोलाको पुललाई मानिदै आएको थियो । तर, नापी विभागले जारी गरेको नेपाल सरकारको आधिकारिक नक्सामा भने पानीपिया क्षेत्र सिमा कायम गरिएको छ । सोही भौगोलिक क्षेत्र अनुसार धरान र इटहरीले अनुदान पाउदै आएको छ । 

भिडियो: