धरान: धरानको वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले आफुले पाउदै आएको सेवा, सुविधा नगरको कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

वडाअध्यक्ष भट्टराईले आइतबार बसेको कार्यपालिका बैठकमा उक्त घोषणा गरेका हुन् । उनले आफ्नो सेवा सुविधा नगरको कोषमा जम्मा गरिदिनु भन्दै निवेदन नै प्रमुख प्रशासकीय अधिकृतलाई बुझाएका थिए । उनले नगरको आर्थिक अवस्था र बजेटको अवस्था हेरेर वडाअध्यक्षको हैसियतले आउने सबै सेवा सुविधा नगरको आम्दानी कोषमा जम्मा गरिदिन आग्रह गरेका थिए ।

manoj

वडाअध्यक्ष भट्टराईले चालु आर्थिक बर्षमा वडाको सिलिङ ३१ करोड दिइएकोमा आगामी बर्षको लागि भने घटेर २१ करोड मात्र दिइएकोमा असन्तुष्टी जनाए । उनले संघबाट अनुदान भनेजस्तो नआएको भए सबै शिर्षकमा समानरुपमा बजेट घटाउनुपर्ने पनि बताए । उनले ५३ लाख भन्दा बढी चालु आर्थिक बर्षको दायित्व रहेको भन्दै १ करोड ६२ लाखको सिलिङ वडामा आएको भन्दै असन्तुष्टी जनाउदै प्रशासनको खर्च मात्र पठाउन पनि आग्रह गरेका थिए ।

भिडियो: