धरान: शैक्षिकसत्र २०८०/८१ सालको एसइइ पास भएका विधार्थीहरुको ११ कक्षामा नयाँ भर्नाका लागि धरान १२ चतरा लाइनस्थित धरान मेघा कलेजको प्रवेश परीक्षा शुक्रवार सम्पन्न भएको छ ।

        परीक्षामा धरान उपमहानगर र आसपासका क्षेत्रबाट ४७५ जना विद्यार्थीहरु सहभागी भएको कलेजले जानकारी दिएको छ । परीक्षामा धनकुटाको हिले र सिधुवा, संखुवासभा, भोजपुर, फिदिम पाचथर, झापा, मोरङ जिल्लाबाट पनि विद्यार्थीहरु सहभागी भएका थिए ।

यस्तै, धरान र आसपासका क्षेत्रहरु चतरा, केराबारी, इटहरी, तरहरा, चक्रघट्टिबाट पनि विद्यार्थीहरुले सहभागिता जनाएको कलेजका प्राचार्य भाष्कर पौडेलले जानकारी दिए । निरन्तर बर्षाको कारण फर्म भरेका धेरै विद्यार्थीहरु प्रवेश परीक्षामा छुटेका छन । उनीहरुलाई पुनः परीक्षाको ब्यवस्था गरिने प्राचार्य पौडेलले बताए । 

megha entrance

स्नातक तहसम्म म्यानेजमेन्ट बिषयको पढाइ हुने धरान मेघा कलेजमा साइन्स, होटल म्यानेजमेन्ट, कानुन, फुड एन्ड न्युट्रिसन विषयमा पनि बिद्यार्थीहरुले छनौट गरेर अध्ययन गर्न सक्नेछन्। नयाँ शैक्षिक सत्रमा नयाँ भर्ना भएका ११ कक्षाको पढाइ साउन १० गतेदेखि सुरु हुनेछ ।

कलेजले आफ्नो सामाजिक उत्तरदायित्वको रुपमा विद्यार्थीहरुलाइ प्रोत्साहन गर्नका लागि विभिन्न खेलका उत्कृष्ट खेलाडी, शिक्षामा उत्कृष्ट, बिपन्न वर्ग, दुर्गम क्षेत्र, एकल महिला, दलित लगायत क्षेत्रमा १० देखि १५ प्रतिशत बिद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गर्दै आइरहेको कलेजका अध्यक्ष कैलाश लिम्बुले जानकारी दिए ।