धरान: भानुचोकस्थित ट्याक्सी स्टेण्डको टिकट काउन्टरलाई सोमबार राती नगर प्रहरीले उठाएर लगेको छ ।

स्थानान्तरण गर्न उपमहानगरपालिका एवं वडा नं २ को कार्यालयले आग्रह गरेपनि यातायात व्यवसायीहरुले अटेर गरेपछि नगर प्रहरीले राती नै उठाएको हो । नगर प्रहरीले ट्याक्सी स्टेण्डका ४ वटा काउन्टरलाई उठाएर सभागृहमा राखेको छ । भानुचोकको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न लोकतान्त्रिक चौतारीको उत्तरमा राखेर एकीकृतरुपमा काउन्टर सञ्चालन गर्ने निर्णय भएको थियो । निर्णय कार्यान्वयनको लागि वडा २ कार्यालयले व्यवसायीहरुलाई पत्राचार गरेपनि स्थानान्तरण नगरेपछि उपमहानगरले नै राती हटाएको हो ।

भिडियो: भानुचोकको अस्तब्यस्त ट्राफिकलाई व्यवस्थापन गर्न गठित कार्यदलले दिएको सुझाव अनुसार वान वे निर्णय लागु गरिएको छ । वान वे पश्चात भानुचोक क्षेत्रमा दुर्घटनामा कमी आएको छ । साथै, कार्यदलको निर्णय अनुसार नै ट्याक्सी स्टेण्डलाई लोकतान्त्रिक चौतारीको खाली स्थानमा स्थानान्तरण गर्ने निर्णय भएको थियो ।

ticket coun

ticket counter1