धरान: डेंगु महामारीले ग्रस्त धरानमा आज एकैसाथ सबै वडामा लार्भा खोजी र नष्ट गर्ने अभियान शुरु भएको छ ।

हिजो बसेको कार्यपालिकाको आकस्मिक बैठकको निर्णय अनुसार आज बिहान ७ बजे एकै साथ सबै वडामा सर्च एण्ड डिष्ट्रोय शुरु भएको थियो । वडाका जनप्रतिनिधिहरुले स्थानीय टोल विकास संस्था (टिएलओ)हरुलाई परिचालन गरेर सर्च एण्ड डिष्ट्रोय अभियान गरिरहेका छन् । आज एकै पटक एकै साथमा वडाहरुमा सर्च एण्ड डिष्ट्रोय अभियान गर्न सरकारी तथा सामुदायिक विद्यालयहरुलाई पनि विदा दिइएको छ ।

dengu1

मेयर हर्क साम्पाङ आफ्नै वडा नं १८ को सर्च एण्ड डिष्ट्रोय अभियानमा सहभागी भएका थिए । वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले विरामीहरुलाई औषधी पनि वितरण गरिएको र किटमार्फत डेंगु जाँच पनि गरिएको बताए । वडा १८ को अभियानमा पुर्वमेयर तिलक राई पनि सहभागी थिए । उपमेयर अइन्द्रबिक्रम बेघा पनि आफ्नै टोल वडा नं १५ स्थित खोरिया बस्ती क्षेत्रमा सर्च एण्ड डिष्ट्रोय अभियानमा सहभागी भएका थिए । 

धरानमा २ महिनाभन्दा बढी समयदेखि शुरु भएको डेंगुको प्रकोपले ८ जनाको मृत्यु भइसकेको छ । धरानको सबै वडामा डेंगुको प्रकोप फैलिएको छ । सर्च एण्ड डिष्ट्रोय अभियान चलिरहे पनि डेंगु नियन्त्रणमा आउन सकेको छैन । 

भिडियो: