धरान: धरान उपमहानगरपालिकाको कार्यालय र छाताचोकको दुरी ५ मिटर हाराहारी मात्र छ । छाताचोक हुदै दैनिकरुपमा जनप्रतिनिधि, कर्मचारीहरु ओहोरदोहोर गर्छन् । तर, त्यही छाताचोक र आसपासमा खुलेका अवैध ल्याब तथा पोलिक्लिनिकहरुमा कसैको पनि नजर परेको थिएन ।

धरानमा अहिले डेंगुको महामारी भएको नभएको भए बषांैदेखि अवैधरुपमा चलेका ती ल्याब तथा पोलिक्लिनिकहरुबारे सार्वजनिक पनि हुने थिएन । नगरबासी डेंगुको महामारीले ग्रसित हुँदा ल्याबहरुमा चर्को मुल्यमा डेंगु परीक्षण भइरहदा पनि स्थानीय सरकार मुकदर्शक बनेको आरोप लागेपछि बुधबार उपमहानगरको नेतृत्वमा मेडिकल तथा ल्याबहरुको अनुगमन भएको थियो । त्यसपछि मात्र खुल्यो, छाताचोकदेखि पश्चिम चतरालाइन र पुर्वतर्फ सिंहदेवी चोक निस्कने सडक आसपासमा बषौंदेखि अवैधरुपमा ल्याब तथा पोलिक्लिनिकहरु खुलेआम चलिरहेको छ ।

बुधबार स्वास्थ्य महाशाखा, ईलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालयसहितको संयुक्त टोलीले मेडिकल र ल्याबहरुको अनुगमन गरेको थियो । मेडिकलहरुमा समस्या नभेटिए पनि ल्याबहरु भने अनुमति विना अवैधरुपमा सञ्चानलमा भएको पाइएको अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । त्यस्ता ल्याबहरुलाई तत्काल अनुमति लिएर मात्र सञ्चालनमा आउन निर्देशन दिएको पनि उनले बताए । 

medical1

अनुमगन टोलीका अनुसार धरान १२ चतरालाइनस्थित सुनसरी पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टरले अनुमति विना एक्स रे सञ्चालन गरिरहेको भेटेको थियो भने दर्ता पनि नविकरण गरेको थिएन । साथै, डेंगु परीक्षण गर्दा १ हजार रुपैया लिइरहेको भेटिएको थियो । उक्त पोलिक्लनिकलाई १० दिनभित्र एक्स रे को अनुमति लिन र डेंगु परीक्षणको शुल्क ५ सय भन्दा बढी नलिन निर्देशन दिइएको अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । 

यसैगरि, धरान १२ कै ओम गार्डिजन डायग्नोष्टिक सेन्टर, मोर्डन डायग्नोष्टिक सेन्टर, नेशनल डायनोष्टिक सेन्टर र धरान औषधालयले पनि विना अनुमति ल्याब सञ्चालन गरिरहेको पाइएको थियो । यी मध्ये धरान औषधालय चर्चित डाक्टर तपन तरफदारको हो । उनले पनि अहिलेसम्म बषौंदेखि अनुमति नलिई ल्याब सञ्चालन गरिरहेको भेटिएको थियो । यी सबै डायग्नोष्टिक सेन्टरहरुलाई अनुगमन टोलीले अनुमित लिएर मात्र चलाउन निर्देशन दिएको जनाएको छ । स्वास्थ्य महाशाखाका कर्मचारी एवं डेंगुका फोकल पर्सन विजयकुमार साहले अनुमति नलिई ल्याबहरु चलाउन सचेत गराएको र आजको मितिले निश्चित समय दिएर अनिवार्य अनुमति लिन निर्देशन दिइएको जानकारी दिए । यस्तै, मेडिकलहरुलाई डेंगुको परीक्षण गर्न रगतको नमुना नलिन र ल्याब वा अस्पतालमा पठाउन पनि सचेत गराइएको उनले बताए । 

भिडियो:

भिडियो: