धरान: धरान १ स्थित पुरानो अस्पतालमा निःशुल्क डेंगु उपचार केन्द्र शुरु भएको छ । 

प्रदेश स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा २५ बेडको उपचार केन्द्र शुरु गर्ने लक्ष्य भएपनि तत्काल धरान उपमहानगरपालिकाले १० बेड राखेर सेवा शुरु गरेको हो । एक औपचारिक कार्यक्रममार्फत मेयर साम्पाङले उपचार केन्द्र शुरु भएको घोषणा गरेका थिए । यसले डेंगुका विरामीहरुलाई धेरै राहत हुने अपेक्षा गरिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र निजी क्लिनिकहरुमा विरामीको भिड हुने भएकोले उपचार केन्द्र शुरु गरिएको मेयर साम्पाङले बताए । डेंगु पोजेटिभ भएर अस्पताल नै बस्नुपर्ने विरामीलाई राखेर उपचार गरिने उनले बताए । 

dengue hospital

डेंगु उपचार केन्द्रको लागि कोशी प्रदेश स्वास्थ्य मन्त्रालयबाट १० वटा बेड सहयोग प्राप्त भएको छ भने धरान उपमहानगरपालिकाले थप १५ वटा बेड व्यवस्था गर्ने प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले जानकारी दिए । प्रदेश सरकारले डाक्टर कोशिस पराजुली र नर्स अनिषा भट्टराई पनि उपचारमा मद्दत गर्न पठाएको छ । ओपिडीमा विरामीको नाम दर्ता भएर जाँच हुने र आवश्यक परेमा मात्र उपचार केन्द्रमा राखिने स्वास्थ्य महाशाखाका डेंगुका फोकल पर्सन विजय साहले जानकारी दिए । विरामीको निःशुल्क डेंगु जाँच पनि हुनेछ भने औषधी पनि निःशुल्क वितरण हुने उनले बताए । 

भिडियो: