धरान: डेंगुबाट धरानमा थप एक जनाको मृत्यु भएको छ । 

यो सँगै धरानमा डेंगुले मृत्यु हुनेको संख्या ९ जना पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखा प्रमुख उमेश मेहताका अनुसार ३५ बर्षीय महिलाको उपचारको क्रममा विराट नर्सिङ होममा साउन १८ गते मृत्यु भएको जानकारी प्राप्त भएको छ । मृतक वडा १३ को भएको जानकारी पाएकोले मृतक परिवारसँग सम्पर्क गरेर थप पुष्टि गर्ने पहल भइरहेको पनि उनले बताए । 

वडा नं १३ का वडाअध्यक्ष नेत्र काफ्लेका अनुसार मृतक वडा नं १३ को नभै वडा १३ सँग सिमाना जोडिएको वडा १४ मा बस्ने गरेका थिए । तर, उनी पछिल्लो समय भेडेटारमा होटल सञ्चालन गर्थिन् । ‘वडा १३ को होइन, सिमाना भएको वडा १४ का हुन् । तर, होटल सञ्चालन गर्न भेडेटारमा थिए,’वडा अध्यक्ष काफ्लेले भने ।