धरान: धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले संघीय स्वास्थ्य मन्त्रालयमा पुगेर डेंगुका विरामीहरुलाई उपचारमा आवश्यक पर्ने औषधी सामग्रीहरु माग गरेका छन् ।

उपमेयर बेघाले आज मन्त्रालयमा निमित्त सचिव डा.टंक बाह्रकोटीलाई आवश्यक पर्ने औषधी तथा सामग्रीहरुको लिष्ट बुझाउदै उपलब्ध गराउन माग गरेका हुन् । उपमेयर बेघाले मन्त्रालयमा बुझाएको लिष्टमा विभिन्न २० प्रकारका औषधीहरु माग गरिएको छ । त्यसको लागि आवश्यक बजेट व्यवस्थापन हुनुपर्ने उपमेयर बेघाले माग गरेका छन् ।

भिडियोः

निमित्त सचिव डा.बाह्रकोटीले अहिलेको अवस्था आपतकालिन अवस्था सृर्जना भएको बताए । मन्त्रालयबाट स्थलगत अवलोकन गरेर टोली फर्किएको भन्दै निमित्त सचिवले प्राथमिकताको साथ काम गरिराखेको बताए । संघीय मन्त्रालयले पनि जिम्मेवारी लिनुपर्ने र चिन्तित भएर लागिरहेको उनले बताए । 

उपमेयर बेघा स्वास्थ्य मन्त्रालयपछि उर्जा तथा जलस्रोत मन्त्रालयमा पनि पुगेका थिए । धरानका खोलाहरुमा बर्षामा बाढी आउने र कटानको जोखिम भएकोले तत्कालको लागि ५ सय थान तारजाली उपलब्ध गराउन लिखितरुपमा माग गरिएको उपमेयर बेघाले जानकारी दिए । 

begha dengu