धरान: सुनसरी उद्योग वाणिज्य संघले सञ्चालन गरेको निःशूल्क डेंगी उपचार शिविरमा काठमाण्डौंमा बसोबास गर्दै आएका धरानेहरुले सहयोग गरेका छन् ।

हामी धराने संस्थाले डेंगी परिक्षण किटसहित विभिन्न औषधी सामग्रीहरु सहगोग गरेका हो । संस्थाले १ लाख ५३ हजार मुल्य बराबरको औषधी सहयोग गरेको जनाएको छ । संस्थाले ६ सय ५०  डेगी परिक्षण किटसहित सिटामोटल, स्लाइन लगाएत डेगी सक्रमितहरुलाई आवश्यक औषधी सहयोग गरेको जनाएको छ । संस्थाका सचिव विनोद श्रेष्ठको नेतृत्वको रोजेश शाक्य लगायतको ४ सदस्य टोलीले शिविर स्थलमा पुगेर किट तथा औषधी हस्तान्तरण गरेको थियो । 

श्रेष्ठको नेतृत्वको टोली संघका अध्यक्ष विजय श्रेष्ठ, पुव अध्यक्ष सरोज श्रेष्ठ, प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठलाई किट तथा औषधी हस्तान्तरण गरेको थियो । हस्तान्तरण कार्यक्रममा संघका सदस्य पदाधिकारी सगै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राध्यापक डाक्टर विक्रम श्रेष्ठ लगाएको उपस्थिती रहेको थियो । धरानमा डेगीको महामारी फैलिएको र उपचारमा समस्यमा भएको विभिन्न सञ्चार माध्यमवाट आफुहरुले थाह पाए पछि संस्थाका संयोजक संगम श्रेष्ठ र अग्रज राजेन्द्र श्रेष्ठ (गणेश वनेपालि)को नेतृत्वमा काठमाडौमा रहेका धरानेहरु सग सहयोग संकलन अभियान सुरु गरेको संस्थाका सचिव श्रेष्ठले वताए । 

उनले वसोवासको हिसावले मात्र अहिले काठमाडौमा रहेका वताउदै उनले आफुहरु धरान वाहिर नरहेको वताए । आपत विपतको समयमा मात्र नभई धरानको विकास निमार्ण समेत आफूहरु सदैव धरानको साथमा रहेका उनको भनाई थियो । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले हामी धरानले संस्था सगै काठमाडौमा रहेको सहयोगी धरानेहरुलाई धन्यवाद दिए ।