धरान: कवि विमल गुरुङ कृति पुरस्कार २०७९ को लागि विभिन्न साहित्यकारहरुका २१ वटा कृति छनौट भएका छन् ।

कवि विमल गुरुङ स्मृति पुस्तकालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै पहिलो चरणमा १०१ जना लेखक, साहित्यकारहरुबाट प्राप्त भएको कृतिमध्ये २१ वटा छनौटमा परेको जानकारी दिएको छ । उक्त कृतिहरुमध्ये पुनः ७ कृति चयन गरिने र त्यसमध्ये एउटा सर्वोत्कृष्ट कृतिलाई २ लाख राशीको पुरस्कार प्रदान गरिने पुस्तकालयका सचिव गणेश तिम्सिनाले जानकारी दिए । 

bimal

सर्वोत्कृष्ट कृतिलाई आगामी कार्तिक १९ गते पुस्तकालयको आफ्नै भवनमा आयोजित ५२ औं जन्मजयन्ती तथा ३२ औं राष्ट्रिय कविता महोत्सवमा पुरस्कार प्रदान गरिने सचिव तिम्सिनाले जानकारी दिए । यसैगरि, राष्ट्रिय कविता महोत्सवमा प्राप्त ७४ कविताहरुमध्ये उत्कृष्ट १० कविता चयन भएको छ । कवि र कविता सार्वजनिक गर्दै पुस्तकालयले कार्तिक १९ गते कविहरुबाट वाचन र पुरस्कार प्रदान गरिनेछ । सोही कार्यक्रममा भारत कालेबुङका प्रतिभाशाली युवा कवि विशाल नाल्बोलाई युवा प्रतिभा सम्मान २०८० प्रदान गरिने पुस्तकालयले जनाएको छ । 

भिडियोः:

कविता महोत्सवमा सिरहाका अविनाश भट्टराई, दार्जिलिङ भारतका अजित वियोगी, काठमाण्डौंका एलिसा एकलास, सुनसरीका छविना लुंगेली मगर, गोर्खाका निशान निष्कर्ष, सुनसरीका भीम विरही राई, झापाका मौलश्री लिम्बु, ओखलढुंगाका विरेन्द्र ग्याबा तामाङ, सिक्किम भारतका सन्ध्या सिंजाङ्गो सुब्बा र सुनसरीका भोजराज श्रेष्ठको कविता छनौट भएको छ । उत्कृष्ट १० भित्र परेका कवितामध्ये प्रथमलाई नगद २१ हजार, द्धितियलाई नगद १८ हजार र तृतीयलाई नगद १७ हजार, प्रमाणपत्र दिइने पुस्तकालयका संरक्षक एवं अध्यक्ष पुर्णबहादुर गुरुङले जानकारी दिए । 

bimal2

bimal3