धरान : पक्राउ परेका पहिचानवादी रिहा भएपछि अनिश्चितकालीन धनकुटा जिल्ला बन्द फिर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटाले पक्राउ परेका तीन जना पहिचानवादीहरुलाई रिहा गरेपछि आन्दोलनकारीले बन्द फिर्ता लिएको हो । प्रशासनले रिहा गरेपछि मध्याह्न १२ बजे बन्द खुलेको हो । जसपा धरानका अध्यक्ष ताजुब लिम्बुले पक्राउ परेका पहिचानवादी रिहा भएकोले बन्द खुलेको जानकारी दिए ।

banda vedetar

प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आजदेखि अनिश्चितकालीन धनकुटा जिल्ला बन्द आह्वान गरेको थियो । बन्दकर्ताहरु बिहानैदेखि धनकुटाको नाकाहरुमा भेला भएर यातायात बन्द गराएका थिए । धनकुटाको सिमाना भेडेटारमा बन्दकर्ताहरुले अवरोध गरेपछि सयौं सवारीसाधन र हजारौं यात्रु अलपत्र परेको थियो । 

भिडियो: