धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कार्यकारिणी समिति (का.स.) बैठक आज दिउँसो ४ बजे बस्दैछ ।

आन्दोलनरत शिक्षक, कर्मचारीहरुले अन्तर्वार्ताको तालिकाबारे निर्णय नगरेसम्म आन्दोलन स्थगित नगर्ने भएपछि आज का.स.बैठक बस्न लागेको हो । काठमाडौमा रहेका कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीले बैठक बोलाउन भन्दै हिजो रजिस्ट्रार प्रा.डा.सुर्य सङ्ग्रौलालाई पत्राचार गरेका थिए । बैठकको लागि उपकुलपति कार्की आजै आउन लागेको प्रतिष्ठान श्रोतले जनाएको छ । 

प्रतिष्ठानका शिक्षक, कर्मचारीहरु बढुवा प्रक्रिया सुचारू गर्न माग गर्दै गत पुष २९ गतेदेखि आन्दोलनमा छन् । प्रतिष्ठानका विद्यार्थीहरु पनि पठनपाठन सुचारु गर्न माग गर्दै एक सातादेखि रिले अनसनमा छन् । बढुवा प्रक्रिया विरुद्ध परेको रिटमा उच्च अदालत विराटनगरले कानुन सम्मत बढुवा भैरहेको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेपछि बढुवा प्रक्रिया सुचारू गर्ने बाटो खुलेको छ । अदालतको आदेश पछि का.मु.उपकुलपतिले काममा फर्कन अपिल गरेपनि शिक्षक, कर्मचारीले अस्वीकार गर्दै आन्दोलन जारी राखेका छन् ।

FB_IMG_1707405942821