धरान: सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान रङ्गशालामा जारी धरान एक्स्पो २०८० को चौथो दिन आज म्युजिकल ब्याण्ड ‘द इलिमेन्ट्स’ आउने भएका छन् ।

सन् २०२१ मा तीन जना मिलेर सुरु भएको द इलिमेन्ट्स नेपाली साङ्गीतिक क्षेत्रमा छोटो समयमा नै रुचाइएको ब्यान्ड हो । नेपाली इन्डी/अल्टरनेट जर्नको साङ्गीतिक प्रस्तुति दिने इलिमेन्ट्सका ‘बिर्सिने हौ कि’, ‘पुतली’, ‘सीमाना’, ‘उर्जा’, ‘खोज’, ‘अपरिचित’ लगायतका गीत चर्चित छन् ।

इशान राज वोन्त, दिपेश गुरुङ र रौनकसिंह अधिकारी सम्मिलित ‘द इलिमेन्ट्स’ले हालसम्म बजारमा सात वटा एल्बम ल्याइसकेको छ । ‘द इलिमेन्ट्स’ मुख्य आकर्षण रहने एक्स्पोमा बेलुका ६ बजेबाट साङ्गीतिक कार्यक्रम सुरु हुने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिएका छन् । इलिमेन्ट्सलाई स्थानीय कलाकार र समूहले साथ दिने संयोजक श्रेष्ठले बताए ।