धरान: धरान उपमहानगरपालिका वडा नम्बर १२ ले आफ्नो वडाको सम्पुर्ण होटलहरुमा हुक्का बेचबिखन गर्न र २५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको छ ।

विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड १९) संक्रमणबाट बच्न तथा रोकथामका लागि आज आइतवार जनचेतनामुलक कार्यक्रम आयोजना गर्दै वडा १२ ले यस्तो कदम चालेको हो । वातावरण सहज नबनेसम्मका लागि हुक्का वेचविखन साथै २५ जना भन्दा वढि भेला हुन आजैदेखि प्रतिवन्ध लगाइएको धरान १२ का कार्यवाहक वडाध्यक्ष ब्रह्मज्ञ भट्टराइले बताए ।

IMG_9569.psd

यसैगरि, वडा १२ ले आफ्नो वडा भित्रका ठेलामा व्यवसाय गर्दै आइरहेको चटपटे तथा फास्टफुड व्यवसायीहरुलाई अनिवार्यरुपमा हातमा प्लास्टिक पन्जा, मास्क र हेडक्याप लगाउन पनि निर्देशन दिएको छ । ठेला व्यवसायीहरुको वासस्थानमा नै गएर एकएक थान पन्जा, हेडक्याप र मास्क वितरण पनि गरिएको भटराईले बताए । साथै, वडा १२ ले चतरालाइनस्थित वडा कार्यालय, धरान उपमहानगरपालिका कार्यालय अघिको चोक, भानुचोक, अमान वजार र कलेज रोड गरी चार स्थानमा जनचेतनामुलक कार्यक्रम पनि आयोजना गरेको छ ।

ती स्थानहरुमा वडाले कोरोना रोकथामको उपाय, मास्क वितरण, हात धुने तरिका, घरमै सेनिटाइजर वनाउने तरिका पनि सिकाएको थियो । कार्यक्रममा केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारका माइक्रो वायोलोजी विभागका प्रमुख धिरेन लिम्वुको टिमले सेनिटाइजर बनाउने तरिका सिकाएको थियो । अहिले विश्वभर फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा वच्नका लागि धरान उपमहानगरपालिकाले कडा कदम चाल्दै अनुगमन गर्नुपर्ने कार्यवाहक वडाध्यक्ष भट्टराइले जनाए । वडा कार्यालयले करिव दुईसय थान मास्क समेत वितरण गरेको थियो ।

IMG_9562.psd IMG_9565.psd IMG_9567.psd IMG_9573