धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमण फैलन नदिन धरानमा पनि अत्यावश्यकबाहेक सबै बजार, होटल, मनोरञ्जन, खेलस्थलहरु बन्द भएका छन् ।

आज बिहानदेखि एकबाट अर्को जिल्ला चल्ने सवारीसाधनहरु पनि बन्द भएका छन् । धरानको सिनेमा घर, सुनचाँदी पसल, घण्टाघरलगायत सबै बन्द भएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार अत्यावश्यक खाद्यान्नलागयतको पसलबाहेकका अन्य होटल, पसलहरु पनि सबै बन्द गराइनेछ । यसको लागि प्रहरी निरीक्षक हेमराज ओलीको कमाण्डमा र्यापिड रेस्पोन्स टिम परिचालन गरिएको पनि डिएसपी न्यौपानेले बताए । ‘रेस्पोन्स टिम अनुगमनमा हिडिरहन्छ, कहीकतै खुला छ भने बन्द गराउछ,’डिएसपी न्यौपानेले भने ।

_FUR3953.psd

 

प्रधानमन्त्रीले सम्बोधनको क्रममा नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको घोषणा गरेका थिए ।

_FUR3954.psd

यो अवधिमा यी कार्यालयहरुका सेवा मात्र सञ्चालनमा हुनेछन् :
१) डाँक, तार वा टेलिफोन सेवा ।
२) जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्न यातायात सेवा
३) हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
४) आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
५) प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा
६) हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा
७) सञ्चार सेवा
८) हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा
९) खानेपानीको सञ्चालन तथा वितरण सेवा
१०) बैंकिङ सेवा
११) पेट्रोलिम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
१२) अस्पताल, स्वास्थ्य केन्द्र र औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा
१३) फोहरमैलाको संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापनसँग सम्बन्धित सेवा
१४) पर्यटन आवास, मोटल, होटल, रेष्टुँरा र रिसोर्टसम्बन्धी सेवा
१५) बिमा सेवा
१६) विद्युत् सेवा
१७) दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दालचामल, नुन, तेल)को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा ।

_FUR3960.psd _FUR3962.psd _FUR3966.psd _FUR3977.psd _FUR3967.psd _FUR3979.psd _FUR3971.psd