धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सय आइसोलेसन बेडको कोरोना(कोभिड १९) उपचार केन्द्र धमाधम तयार भइरहेको छ ।

अबको एक साताभित्र यो उपचार केन्द्र सञ्चालनमा ल्याउने प्रतिष्ठानको योजना छ । बैशाख १२ गतेभित्र तयार हुने भनिएको केन्द्रमा स्वास्थ्यकर्मीहरु आवश्यक काममा जुटिसकेका छन् भने भौतिक संरचना पनि धमाधम मर्मत भइरहेको छ । आवश्यक सय बेड राख्नलाई पर्याप्त ठाउँ भएको र अपुग भएमा सय बेड भन्दा बढी विस्तार गर्ने ठाउँ रहेको नर्सिङ इञ्चार्ज स्माइल साहले जानकारी दिए । ‘बेडको कुनै समस्या हुदैन, हामीसँग सय बेड रेडी छ,’साहले भने,‘शुक्रबारदेखि हामी लागिरहेका छौं, हरेक शाखाको साथीहरु आएर युद्धस्तरमा काम भइरहेको छ ।’
bp-corona,

प्रतिष्ठानमा नयाँ उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरी नियुक्ती भएपछि प्रतिष्ठानमा हाडजोर्नी विभाग मातहतमा रहेको पुर्नस्थापना केन्द्रलाई कोरोना(कोभिड १९) उपचार केन्द्रमा परिणत गरेर निर्माण कार्य थालेको हो । एक साताभित्र विरामी आएमा राखेर उपचार गर्न सक्ने अवस्थामा तयार हुने उनले बताए । नर्सिङ ३ जना र हेल्पर २ जना छन् । अन्य विभागबाट पनि खटिएको उनले बताइन् । केन्द्रमा कोरोना पोजेटिभ कोही विरामीलाई जेटिल समस्या भएमा अप्रेशन गर्नसकिने गरी शल्यक्रिया कक्षको पनि निर्माण हुने उनले बताए ।

bp-covid-corona

प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले १२ गतेभित्र तयार भएर हस्तान्तरण गरिएपछि सञ्चालनमा आउने बताए । स्वास्थ्य मन्त्रालयले वर्गीकरण गरेअनुसार वीपीमा लेभल थ्री विरामीहरु ल्याएर उपचार गरिने उनले जानकारी दिए । ‘यहाँ सय बेडको आइसोलेसन हुनेछ, न्युनतम १० बेडभन्दा बढी आइसियु सुविधा हुन्छ, बाँकी अप्रेशन थिएटर र अन्य आवश्यक भौतिक पुर्वाधारहरु थपिदै लगिनेछ,’उनले भने ।
bp-covid-10-treat bp-covid-19 bp-corona 1 bp-covid-19-treatment bpkihs-covid-19, 1 bpkihs-covid-19 2