धरान: गोर्खा वेल्फेयर ट्रष्ट नेपाल/ग्रामीण खानेपानी तथा सरसफाई कार्यक्रमले धरान उपमहानगरपालिकालाई स्वास्थ्य तथा सरसफाई सामग्री प्रदान गरेको छ ।

उक्त संस्थाले धरान उपमहानगरपालिका र लाङ्घाली सामुदायिक वन समुहको आवास गृहमा राखिएका सडक मानिसहरुको लागि स्वास्थ्य तथा सरसफाई सामग्रीहरु सहयोग गरेको हो । सस्थाले सर्जिकल मास्क ६ सय वटा सहयोग गरेको छ । ती मध्ये सय थान मास्क लांघाली आवास गृहमा रहेकाहरुको लागि हो । यस्तै, ह्याण्ड वासिङ लिक्विड २ सय थान संस्थाले दिएको छ । त्यसमध्ये ४८ थान लांघाली आवास गृहमा रहेकाहरुलाई हो ।

यसैगरि, रबर ग्लोब्स १ सय जोडी, सेनिटाइजर २ सय बोटल र सेफ्टी रबर बुट १ सय जोडी रहेको एरिया वेल्फेयर सेन्टर धरानका प्रमुख एस.ए.डब्लु.ओ.पुर्णप्रसाद लिम्बुले जानकारी दिए । उनका अनुसार ती मध्ये पनि २५ जोडी रब ग्लोब्स, ४२ बोटल सेनिटाइजर र २५ जोडी सेफ्टी रबर बुट लांघाली आवास गृहको लागि सहयोग हो । यो बाहेक पनि संस्थाले ५ सय लिटर क्षमताको टंकीसहित लांघाली आवास गृहमा ३ ठाउँमा ह्याण्डवास प्वाइन्ट पनि स्थापना गरिदिएको छ । त्यहाँ खुट्टाले थिचेर ह्याण्ड वास लिक्विट र पानीको धारा खोलिने सिस्टम रहेको छ । यस्तै, प्लाष्टिक बाल्टिङ ३ थान, डस्बिन ३ थान र प्लाष्टिक केस ३ थान पनि लांघाली आवास गृहको लागि दिइएको छ ।

संस्थाले यी सामग्रीहरु आज धरान उपमहानगरपालिका र लांघाली आवास गृहमा संयुक्तरुपमा धरानका मेयर प्रमुख तिलक राई र उपमेयर मन्जु भण्डारी सुवेदीलाई हस्तान्तरण गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरसको रोकथाम तथा नियन्त्रको लागि धरान उपमहानगरपालिकाले चालेको कदम प्रति ऐक्यबद्धता जनाउदै आवश्यक सुरक्षा तथा सरसफाईको सामग्री दिइएको एरिया वेल्फेयर सेन्टर धरानका प्रमुख पुर्ण प्रसाद लिम्बुले बताए ।

यी सामग्रीहरु DFID नेपालको आर्थिक सहयोगमा गोर्खा वेल्फेयर ट्रष्ट नेपाल÷ग्रामीण खानेपानी तथा सरसफाई कार्यक्रमको कोभिड-१९ इन्टरभेन्सन प्रोग्रामअन्र्तगत उपलब्ध भएको सि.एस.टि म्यानेजर विर बहादुर लिम्बुले जानकारी दिए । सामग्री विरतरण कार्यक्रममा ग्रामीण खानेपानी तथा सरसफाई कार्यक्रम पूर्व क्षेत्रिय कार्यालयका प्रमुख बुद्ध बहादुर गुरुङ, समाजिक शाखा प्रमुख पिताम्बर थापा, प्रोजेक्ट म्यानेजर देवेन्द्र चेम्जोङ लगायत सोसियल सुपरभाईजर पासाङ तामाङको उपस्थिती रहेको थियो । gws2 gws3 gws5 gws7 gws4