धरान: जिल्ला अस्पतालका धनकुटामा कार्यरत हिजो कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकी एक गर्भवती महिला भर्ना भएको खुलेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो वार्ड सिल छ । यही कारणले आज प्रसुती विभागले ओपिडी सेवा पनि रोक्यो ।

गाइनो वार्ड सिलसँगै ओपिडी सेवा पनि रोकिएको वीपी प्रतिष्ठानमा अन्य दर्जन बढी विभागले भने आज पनि ओपिडी सेवालाई निरन्तरता दिएको छ । विभिन्न विभागहरुले निश्चित संख्यामा मात्र विरामीलाई ओपिडी सेवा दिइरहेका छन् । ती सबैको संख्या जोड्दा साढे ४ सय हाराहारीमा पुग्छ । सामान्य अवस्थामा भने प्रतिष्ठानको ओपिडीमा कम्तीमा पनि २ हजार विरामीहरु उपचार गराउन आउने गरेका थिए ।

वीपी प्रतिष्ठानले ओपिडी सेवा सञ्चालनमा ल्याएको बारे मिश्रित प्रक्रियाहरु व्यक्त भइरहेको छ । कोरोना संक्रमितहरुको संख्या दिनहुँ वृद्धि भइरहदा वीपीले बन्द गरेको ओपिडी सुचारु गरेर धरानमा पनि जोखिम बढाएको भन्दै विरोध पनि भइरहेको छ भने कसैले कोरोना भन्दा पनि अरु उपचार नपाएर मानिस पीडित भइरहेकोले सावधानी अपनाएर सञ्चालन गर्नु ठिक भएको प्रतिक्रिया सामाजिक सञ्जालहरुमा व्यक्त भइरहेको छ ।

संक्रमण फैलियो भने हस्तक्षेप गछौं: मेयर

opd-gate2

प्रतिष्ठानले ओपिडी सेवा सञ्चालन गरेकोप्रति सम्बन्धित वडाका जनप्रतिनिधि र मेयरसमेत त्यति सन्तुष्ट छैनन् । नेपालमा संक्रमणको संख्या न्युन हुदा जोखिम भएको भन्दै बन्द गरिएको ओपिडी अहिले संक्रमण संख्या अत्यधिक हुँदा सुचारु गरिएको छ। यसले संक्रमणको जोखिम भएको जनप्रतिनिधिहरुको भनाई छ । ‘मैले त पहिलो दिनदेखि नै धरानलाई वीपीको कारण जोखिम भयो भनेको छुँ, अहिले ओपिडी सुरु भएको जानकारी छैन,’मेयर तिलक राईले भने,‘राम्रो व्यवस्था गरेर नै सुरु भएको होला । अव्यवस्थित हुनु भएन, संक्रमण फैलनु भएन । त्यसो भयो भने हामी हस्तक्षेप गछौं ।’

दुरी कायम गरेर ओपिडी

opd1

हिजो पहिलो दिन ओपिडीको लागि टोकन लिन मेन गेटमा निक्कै भीड थियो । सामाजिक दुरी पनि कायम गरिएको थिएन । त्यसैले सामाजिक सञ्जालमा जोखिम बढाएको, अव्यवस्थित भएको भन्दै प्रतिष्ठानको चर्को आलोचना भयो ।

आजदेखि भने प्रतिष्ठानले टोकन लिने ठाउँ मेन गेटदेखि पुर्जी काट्ने टिकट काउन्टर र ओपिडी रुममा पनि व्यवस्थित गरेको छ । उपकुलपतिको निर्देशन अनुसार नै सामाजिक दुरी कायम राख्न तीनै ठाउँमा गोलाकार ठाउँ बनाइएको अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले बताए । मेन गेटमा टोकन लिनुअघि तापक्रम जाँचिन्छ भने मास्क अनिवार्य गरिएको छ । टोकन लिएपछि ओपिडीको पुर्जी काट्ने ठाउँमा पनि दुरी कायम गरिएको छ । त्यहाँ प्रवेश गर्नुअघि साबुन पानीले हात हुने व्यवस्था छ ।

opd-gate

ओपिडीमा पनि सेनिटाइजरको व्यवस्था गरिएको छ । हरेक ओपिडीमा सेक्युरिटी गार्ड परिचालित छन् । उनीहरुले सेनिटाइजर प्रयोग गराउन, सामाजिक दुरी कायम राख्न भुमिका खेल्नेछन् । यस्तै, स्वास्थ्यकर्मीहरुलाई एन ९५, केएन ९५ मास्क, ग्लास र सिल्ड उपलब्ध गराएको अस्पताल प्रशासनको भनाई छ । ‘ओपिडी सुरु हुदा जोखिम कम गर्नको लागि व्यवस्थित गराउन उपकुलपतिको निर्देशन अनुसार अस्पताल प्रशासनले सबै उपाय लगाएर व्यवस्थित गरेको छौं, र अझै गर्दै जान्छौं’सहायक अस्पताल निर्देशक डा.विकास साहले भने ।
opd opd2 opd-gate1 opd-gate2 1 opd-counte