धरान: नेशनल एकेडेमी सेकेण्डरी स्कुल तथा कलेजले छात्रवृत्रि कार्यक्रमको साथ भदौ २ गतेदेखि एक साता एडमिसन विक मनाउने घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ चिन्ह लिन सफल प्रदेश नं. १ को पहिलो र एकमात्र स्कूल तथा कलेज नेशनल एकेडेमी सेकेण्डरी स्कुल तथा कलेजले आफ्नो छात्रवृति कार्यक्रमको साथमा आगामी भाद्र २ गते बाट १ हप्ता एडमिसन विक मनाउने घोषणा गरेको छ । कलेजले यसअघि नै २१ जना ग्रामिण स्कूल जेहेन्दार छात्रवृति घोषणा गरिसकेको छ । कलेजले मेनेजमेन्ट, एजुकेशन र ह्युमेनिटिज संकायको अध्यापन गराउदै आएको छ । 

कलेजका सिईओ देव सुब्बाका अनुसार स्पेशल स्कोलरसिप, स्कूल टप स्कोलरसिप, स्कूल जेहेन्दार विद्यार्थी स्कोलरसिप, ग्रामिण स्कूल जेहेन्दार विद्यार्थी स्कोलरसिप, सहरी सामुदायिक स्कूल जेहेन्दार छात्रवृति र सेल्फ मेरिट स्कोलरसिप गरि ६ प्रकारको छात्रवृत्ति उपलब्ध गराउने भएको छ । ती छात्रवृत्तिहरु क्रमश: १५, १५, १५, २१, १५, १५ जना रहेको सिईओ सुब्बाले बताए । गुणस्तरीय शिक्षामा सबै खालका विद्यार्थीहरुको पहुच पुर्याउनका लागि छात्रवृतिको व्यवस्था गरिएको उनको भनाई छ ।

अरु कलेजमा भन्दा भिन्न शान्त शैक्षिक बातावरण, ५५ मिनटको कक्षा, विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि इन्टेस्ट क्लवको अभ्यास, आईटीमय शैक्षिक वातावरण, अडोटोयिम हल, अन्तराष्ट्रिय मापदण्डलगायतले नेशनल एकेडेमीमा पढ्न आउने विद्यार्थीहरुको भविष्य उज्वल रहेको प्रिन्सिपल श्रीशिशा राईको भनाई छ । सबै विद्यार्थीहरुले आईएसओ अंकित प्रम्ँँणपत्र पाउने भएकोले यसको महत्व विश्व वजारमा बेग्लै हुने र सहजै विभिन्न अवसरहरु पाउने उनले बताए ।

यो प्रमाणपत्रले विद्यार्थीहरुलाई भविश्यमा विश्व बजारमा हुने प्रतिस्पर्धालाई सहज बनाउने प्रिन्सिपल राईको दाबी छ । सर्बसुलभ शिक्षाका लागि अरु कलेजकै शुल्कमा अन्तराष्ट्रिय स्तरको शिक्षा पाउने उनको भनाई छ । भदौ २ गतेदेखि हुने एक साता हुने एडमिसन विकमा स्वास्थ्य मापदण्ड पुरा गर्दै छात्रवृति फस्ट कम फस्ट सर्भिसका आधार दिइने प्रिन्सिपल राईको भनाई छ ।

शिक्षा क्षेत्रमा भइरहेको अस्वस्थ्य प्रतिस्पर्धाले विद्यार्थीहरुको भविष्यमाथि खेलवाड भइरहेको कारण नेशनल एकेडेमीले गुणस्तरीय शिक्षा दिदै विद्यार्थीहरुको भविष्य सुनिश्चित गर्ने सामाजिक दायित्व पुरा गर्ने कलेजका अध्यक्ष सालिक सतासकले बताए । उनले आफुहरुले शिक्षालाई व्यवसायकोरुपमा मात्र नलिएको भन्दै विद्यार्थीहरुको भविष्य र अभिभावकको लगानी खेर जान नदिन यस्तो छात्राबृतिको ब्यवस्था गरिएको पनि बताए । छात्रवृतिबारे विस्तृत बुझ्नको लागि कलेज भ्रमण गर्न पनि उनले अभिभावक तथा विद्यार्थीहरुलाई आग्रह गरेका छन् । कलेजका मार्केटिङ विभाग प्रमुख परिवेश खड्काका अनुसार विद्यार्थीहरुलाई आफ्नो कलेजको बारेमा बताउनका लागि पनि एडमिसन विक मनाउन लागिएको हो । यसअवधिमा बिसौं बर्ष शिक्षा क्षेत्रमा अनुभव भएका ब्यक्तित्वहरुबाट विद्यार्थीहरुलाई शैक्षिक परामर्श समेत दिइने उनले बताए ।