धरानः धरान–१६ स्थित यु एन कलेजको बिएचएममा अध्ययनरत विद्यार्थीले यसपटकको नतिजामा पनि प्रदेश १ मा  ‘सेकेण्ड टपर’ र ‘धरान टपर’ भएका छन् ।

त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित बिएचएमको फस्ट सेमेष्टर र तेस्रो सेमेष्टरको बिहिबार नतिजा आएको छ । तेस्रो सेमेष्टरको फाइनलको नतिजामा तेस्रो सेमेष्टरकी प्रिजा डाँगीले धरान प्रथम तथा प्रदेश सेकेण्ड टप गर्न सफल भएको कलेजले जनाएको छ । उनले ३.८४ जिपिए प्राप्त गरेकी छिन् ।

यस्तै, प्रथम सेमेष्टरकी जानुका राईले धरान प्रथम तथा प्रदेश तेस्रो नतिजा ल्याएकी छिन् । जानुकाले ३.७३ जिपिए प्राप्त गरेकी छिन् । त्रिभुवन विश्वविद्यालयले बिएचएमका लागि ३३ कोटा निर्धारण गरेको हुन्छ । ती सबै विद्यार्थीले नै उत्कृष्ट नतिजा ल्याएको कलेजका अध्यक्ष ज्ञानेश्वर झाले जानकारी दिए । ‘अरु विद्यार्थीको पनि नतिजा उत्कृष्ट छ’, उनले भने, ‘समग्र विद्यार्थी अनुपातमा धेरै विद्यार्थी पास हुनेमा पनि यु एन कलेज नै पर्दै आएको छ, त्यसैले सबैको नतिजा उत्कृष्ट नै छ ।’

उनले प्लस टु होटल म्यानेजमेण्ट र बिएचएममा आफूहरु नै ‘लिडिङ’ मा रहेको दावी गरे । ‘प्लस टु होटल म्यानेजमेण्ट र  बिएचएमको नतिजा हेर्दा पनि हामी लिडिङमै छौं’, अध्यक्ष झाले भने, ‘जे होस् प्रदेश १ मा होटल म्यानेजमेण्ट, म्यानेजमेण्ट र बिएचएममै नतिजा राम्रो रहनु अनुभवी अध्यापक, मिहिनेती विद्यार्थी, कोअपरेटिभ अभिभावक आदि कारण पनि हो ।’

विद्यार्थीलाई नगदसहित सम्मान गरिने

कलेजले अघिल्लो वर्षदेखि प्रदेश टप, प्रदेश सेकेण्ड टप, प्रदेश थर्ड टप, धरान टपजस्ता विद्यार्थीलाई सम्मान गर्दै आएको छ । यस वर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिइने क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुलाई नगद, सम्मानपत्रले सम्मान गरिनेछ । 

प्रमुख तुम्बापोका अनुसार प्रिजालाई नगद २० हजार रुपैयाँहित सम्मानपत्रले सम्मान गर्न लागिएको छ भने जानुकालाई नगद १५ हजार रुपैयाँ र सम्मानपत्रले सम्मान गरिनेछ । युएन कलेजले बि एच एम नेपाल टपलाई नगद ५० हजार पुरस्कार र सम्मानपत्र, प्रदेश टपरलाई नगद २५ हजार र सम्मानपत्र, प्रदेश १ सेकेण्ड टपरलाई नगद २० हजार र सम्मानपत्र, थर्ड टपरलाई नगद १५ हजार र सम्मानपत्रले सम्मान गर्ने कार्यक्रम राख्दै आएको छ । उनका अनुसार धरान टपरलाई नगद १५ हजारसहित सम्मानले सम्मान गर्ने कार्यक्रम गरिँदै आएको छ ।

प्लस टु पढ्नेलाई ५० हजार छात्रवृत्ति

 नवोदयमै प्लस टु पढ्ने विद्यार्थीलाई बि एच एम अध्ययनमा ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति दिइने कलेजका अध्यक्ष झाले जानकारी दिए । नवोदयमा प्लस टु पढ्ने विदार्थीलाई बिएचएममा प्राथमिकता दिइने पनि उनले जानकारी दिए । ‘त्रिभुवन विश्वविद्यालयले बिएचएमका लागि ३३ जनाको कोटा निर्धारण गरेको हुन्छ, यसमा नाम निकाल्न गाह्रो हुन्छ तर नवोदयकै प्लस टु पढ्ने छात्रछात्रालाई विशेष प्राथमिकता दिइनेछ, त्यसका लागि ५० हजार रुपैयाँको छात्रवृत्ति दिन्छौं,’ उनले भने । 

विगतमा पनि होटल म्यानेजमेण्ट, म्यानेजमेण्ट, बिबिएसमा सफलता हासिल गर्दै आएको खुलाउदै प्रमुख तुम्बापोले देशभरबाट सेकेण्ड टपर साथै प्रदेश १ प्रथम समेत कलेजले सफलताको यात्रा अगाडि बढाईरहेको बताए। क्याम्पस प्रमुख तुम्बापोले भने ‘अहिले हामी गौरवान्वित भएका छौं, बिएचएममा पनि प्रदेशमै टप गर्न सफल बनेका छौं ।’ कलेजमा यस वर्षदेखि विज्ञान सङ्कायलाई पनि ‘ब्राण्ड’ बनाउने ध्येयले आफूहरु लागिपरेको र अधिकांश स्कुलका स्कुल टपरहरु यो सङ्कायका लागि भर्ना भएको उनले जानकारी दिए ।