धरान:स्वास्थ्यमन्त्री विरोध खतिवडाले प्रमुख बिशेषज्ञ डा।श्यामसुन्दर यादवलाई उपकुलपतिको हैसियतमा जिम्मेवारी दिने निर्णय गरेपछि समस्या झन् गिजोलिएको छ । 

मन्त्रीले प्रतिष्ठानले ऐनविपरीत डा।यादवलाई उपकुलपतिको हैसियतमा काम गर्न दिने निर्णय गरेको भन्दै कर्मचारी कल्याण समाजका कार्यवाहक अध्यक्ष उमेश थापाले कडा प्रतिवाद गर्ने बताए । उनले ऐन, नियम विपरीत निर्णयको पत्र लिएर आउदैमा प्रतिष्ठानमा कसैले पनि काम गर्न नसक्ने बताए । ‘हिजो मन्त्रिपरिषदले निर्णय गरेर पठाउदात काम गर्न मिलेन भन्नेले अब झन् मन्त्रिले निर्णय गर्दैमा कसरी हुन्छ रु’ थापाले भने,‘यो त सरकारले जिस्काए जस्तो भयो । ऐन माथि नै ठाडो हस्तक्षेप भयो, यसको कडा प्रतिवाद गछौं ।’

थापाले सिनेट बैठकबाट पदाधिकारीहरुलाई हटाउनु पर्ने वा अदालतबाट उचित निकास दिनुपर्नेबाहेक अन्य विकल्प नभएको पनि बताए । मन्त्रिले निर्णय गर्दैमा पदाधिकारीको अधिकार बोकेर आउने हो भने भविष्यमा पनि मन्त्रिहरुले त्यसरी नै कर्मचारी पठाउने र प्रतिष्ठान झन् थलालिङ्ग हुने थापाको भनाई छ । 

कर्मचारी समन्वय समितिका संयोजक महेश्वर राईले पनि मन्त्रिलाई नियुक्त गर्ने अधिकार नभएको भन्दै निर्णयको विरोध गरे । उनले भने,‘एउटा भिसिलाई बर्खास्त नगरि अर्कोलाई भिसिको अधिकार दिएर हुन्छ रु एक जना भिसि कुर्सीमा बस्ने, उसको काम अर्कोले गर्ने, यो त जात्रा भयो । प्रतिष्ठानलाई डुबाउने खेल भयो ।’

प्रतिष्ठानका विवादित उपकुलपतिसहित पदाधिकारीहरुलाई काम गर्न रोक लगाएर मन्त्रिपरिषद बैठकले अस्पताल प्रशासन र आर्थिक अधिकार दिएर मन्त्रालयका डा।यादव र महालेखाबाट कर्मचारी पठाउने निर्णय गरेको थियो । सोही अनुसार डा।यादव प्रतिष्ठान आएपनि ऐन वमोजिम अधिकार नभएको भन्दै कर्मचारीहरुले काम गर्न नसक्ने बताएपछि उनी फर्किएका थिए । स्वास्थ्य मन्त्रीले हिजो ९बुधबार० उनलाई उपकुलपतिको हैसियतमा काम गर्ने जिम्मेवारी दिने निर्णय गरेका थिए ।