धरान: महेन्द्र बहुमुखी क्याम्पसको जग्गा भुमाफियाबाट जोगाउन आइतबार धरानमा वृहत जुलुस निकालिएको छ । 

क्याम्पसको जग्गा बचाउ समितिको आह्वानमा आइतबार धरानमा जागरण जुलुस निकालिएको हो । जुलुसमा क्याम्पसका प्राध्यापक शिक्षक, विद्यार्थी, राजनीतिक दलका नेताहरु, सामाजिक अगुवा तथा संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए । नारासहित क्याम्पसबाट निस्केको जुलुस छाताचोक, पुरानो बजार, देशीलाइन हुदै भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । 

कोणसभालाई सम्बोधन गर्दै जग्गा बचाउ समितिका संयोजक कुमारबहादुर कार्कीले ४५ बर्षपछि तथाकथित मोही खडा गरेर क्याम्पसको उन्नति, प्रगतिमा बाधा पुर्याउन मोही हकदाबी गरिएको बताए । तर, धराने जनताहरुले माफिया र जग्गा दलालहरुको योजनालाई असफल बनाउने बताए । एकतावद्ध भएर लाग्न पनि उनले सबैलाई आह्वान गरे । 

mahendra3

जनता समाजवादी पार्टीका अध्यक्ष ताजुब लिम्बुले धरानका नेतृत्वको कमीकमजोरीले अहिलेको अवस्था सृर्जना भएको भन्दै दलका नेताहरुले आत्मसमिक्षा गर्न आवश्यक रहेको बताए । उनले धरान जागिसकेकोले भुमाफियाको जालो तोडिने र निस्तेज गर्ने उद्घोष गरे ।

नेपाली कांग्रेसका सभापति श्याम पोख्रेलले तत्कालिन स्थानीय सरकार प्रमुख र वडा अध्यक्षले सिफारिश दिने काम गरेपछि नै क्याम्पसको जग्गामा आँखा गाड्ने काम भएको बताए । उनले राजनीतिक, प्रशासनिक साँठगाठको कारण क्याम्पसको जग्गा हडपिने अवस्था भएको आरोप लगाए । उनले नकावधारी भुमाफियाहरुलाई पर्दाफास गर्ने पनि बताए । 

संघीय लिम्बुवान मञ्चका जिल्ला अध्यक्ष अमर इजमले स्थानीय सरकार सञ्चालन ऐनलाई टेकेर सार्वजनिक सम्पत्ति, जग्गाहरु संरक्षण गर्नुपर्नेमा जिम्मेवारी सहीरुपमा पुरा नगरेको बताए । भुमाफियाहरुले पनि गलत ठाउँमा हात हालेको भन्दै तिनीहरुलाई नंग्याउने पनि बताए । 

भिडियो:

mahendra4

mahendra5

mahendra8

mahendra7

mahendra9

mahendra6

mahendra10

mahendra12

mahendra11