धरान: प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरि शरीर टुक्र्याएर धरानको जंगलमा फाल्ने महिला र उनका प्रेमीलाई प्रहरीले सार्वजनिक गरेको छ । 

ईलाका प्रहरी कार्यालय धरानले मंगलबार ५ बजे पत्रकार सम्मेलन गर्दै हत्या गरिएका दिनेश सिग्देलकी कान्छी श्रीमति ३० बर्षीया अनिता केसी र उनका प्रेमी २९ बर्षीय सरोज भण्डारी पक्राउ गरि सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख तथा एसपी सञ्जयसिंह थापा आफै आएका थिए । उनका अनुसार योजनावद्धरुपमा अनिता र प्रेमी सरोजले दिनेशको हत्या गरेका हुन् । 

दिनेशले करिब १० बर्षअघि अनितासँग दोस्रो विवाह गरेका थिए । अनिताको माइती घर सुनसरीको बराहक्षेत्र १० प्रकाशपुर हो । दिनेश र उनको ७ बर्षीया एक छोरी छन् । यस्तै, उनका प्रेमी सरोज भण्डारीको घर विराटनगर महानगरपालिका ४ इक्राही टोल हो । उनी सिटी सफारी चालक हुन् र विवाहित पनि हुन् । तर, उनको पनि श्रीमतिसँग सम्बन्ध राम्रो नभएको र सम्बन्ध विच्छेदको क्रममा रहेको प्रहरीले जनाएको छ । 

murder-di2

अनिताको सम्बन्ध सरोजसँग बढेको भन्ने थाह पाएपछि बहराइनमा रहेका दिनेशले थाहै नदिई नेपाल आएका थिए । उनी कम्पनीमा १५ दिनको विदा लिएर जनवरी ४ अर्थात पुष २० गते नेपाल आएको र भोलीपल्ट विराटनगर आएका थिए । भोलीपल्ट विराटनगरमा कान्छी श्रीमति अनितासँगै होटलमा बसेका थिए भने २२ गते बेलुकी उनीहरुको डेरा रहेको विराटनगर ३, पिपल चोक आएका थिए । 

पुष २२ गते राती दिनेश र अनिताबीच विवाद भएको थियो । केही समय पछि सरोज भण्डारी पनि आएर दिनेशकै गलबन्धीले घाँटीमा कसेर हत्या गरेको एसपी थापाले जानकारी दिए । दिनेश 'अल्कोहोलिक' रहेको र त्यसबेला पनि रक्सीको नशामा भएको खुलेको प्रहरीको भनाई छ । हत्या गरेपछि त्यसराती लाशलाई नचलाई राखेर उनीहरु भने अन्यत्र नै बसेको पाइएको छ। 

murder-di3

भोलीपल्टी पुष २३ मा ग्रेण्डर मेशिन, जेब्रा झोला, पोलेथिनलगायत समान किनेर ल्याएको र कुखुरीको सहयोगले लाश काटेर अलग अलग झोलामा हालेका थिए । त्यसपछि साँझमा टेम्पो भाडामा लिएर धरान-भेडेटार सडकखण्डमा फालेको र उनीहरु त्यसरात भेडेटार बसेर भोलीपल्ट मात्र विराटनगर फर्किएको पनि एसपी थापाले बताए । एसपी थापाका अनुसार अनिता र सरोजको सम्बन्धमा काँडा बनेर अचानक निदेश बहराइनबाट आएपछि योजनावद्धरुपमा हत्या गरेका हुन् । ‘आफुहरुको सम्बन्धमा काँडा बनेर दिनेश आएपछि हत्या गरेका हुन्,’एसपी थापाले भने ।

Video:

 

murder-di

murder-din4

murder-dharan

murder-dharan1