धरान: परिवर्तनका लागि सामाजिक अभियान धरानको सामाजिक स्वास्थ्य क्लिनिकको एघारौं संस्करण शनिबार धरानको वडा नं १ स्थित गीता भवनमा आयोजना गरेको छ । 

मुटु, रक्तचाप र मधुमेहका ७० वर्षभन्दा माथिका बिरामीहरुलाई लक्षित गरि २ नम्बर वडा कार्यालयलसँगको सहकार्यमा भएको हो । अभियानका अध्यक्ष विष्णु बरालका अनुसार धरानका हरेक वडामा आयोजना गर्ने उद्देश्य अनुसार शनिबार वडा २ मा क्लिनिक राखिएको हो । यसअघि फागुन ७ गते धरान १८ नं. वडामा पनि क्लिनिक राखिएको थियो । शनिब वडा २ मा आयोजित क्लिनिकमा ७७ जना बिरामीहरुको स्वास्थ्य परिक्षण गरिएको पनि अध्यक्ष वरालले जानकारी दिए । 

health-click

क्लिनिकमा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहले विरामीको स्वास्थ्य जाँच गरेका थिए । अभियानले डा.साहसँग समन्वय गरेर हरेक महिनाको पहिलो र तेस्रो शनिबार क्लिनिक आयोजना गर्दै आएको छ । वडा नं २ का अध्यक्ष माधव गोविन्द श्रेष्ठले जनताको स्वास्थ्यमा परिवर्तन र सचेतना ल्याउन यो कार्यक्रम प्रभावकारी हुने बताए । उनले डा. साह र आयोजक संस्थालाई क्लिनिक सञ्चालन गरेकोप्रति पनि आभार व्यक्त गरे । 

घरआँगनमै स्वास्थ्य जाँच गराउन पाएकोमा धरान–२ निवासी खजाञ्जीदास अग्रवालले खुशी व्यक्त गरे । कार्यक्रमको समापन समारोहमा वडा नं. २ का वडा सदस्य सन्ध्या श्रेष्ठले आयोजकलाई धन्यवाद ज्ञापन गरेकी थिईन् । अभियानका सदस्य त्रिभुवन बरालको संयोजनमा वडा २ को क्लिनिक सम्पन्न भएको थियो । स्वास्थ्य जाँचमा प्रतिष्ठानकी स्टाफ नर्स रमला गुरागाईको पनि सहभागिता रहेको थियो । 

धरानकै विरामीहरु भएर पनि प्रतिष्ठानमा समयमा उपचार गराउन नआएकोमा डा. प्रशान्त साहले चिन्ता व्यक्त गरे । “धरानमै वीपी जस्तो हस्पिटल भएर पनि मुटुका बिरामीहरु एकडेढ वर्षसम्म पनि फलोअपमा आउनुहुन्न,” डा.साहले भने, “बिरामीहरु खानपानमा सचेत हुनुपर्छ र यस्तै सामाजिक क्लिनिकमा भएपनि फलोअप गर्नु राम्रो हो ।”