धरान : बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेद्वारलाई विजयी गराउन नेकपा एमालेले धरानमा ११ हजार २८६ जनाको निर्वाचन परिचालन मुल कमिटी घोषणा गरेको छ । 

एमालेले शुक्रबार धरान १५ स्थित चुम्लुङ हिममा कार्यक्रम गर्दै मुरारी सुवेदीको संयोजक रहेको जम्बो निर्वाचन परिचालन मुल कमिटी घोषणा गरेको हो । कमिटीको सहसंयोजकमा मनोजकुमार मेन्याङ्बो, विजय राई, रमेशकुमार बस्नेत, जयकुमार राई, प्रकाश राई र रामकुमार आङ्बोहाङ रहेका छन् । यसैगरि, कमिटीको सदस्य सचिवमा नारायण सुवेदी र हर्कजंग एभेङ रहेका छन् । 

cpn-uml-dhrn

एमाले धरानका अध्यक्षसमेत रहेका निर्वाचन परिचालन मुल कमिटीका सदस्य सचिव एभेङका अनुसार कमिटीमा धरानभित्र रहेका प्रदेश कमिटीका ३२ जना र जिल्ला कमिटीका ३० जना सदस्यहरु सबै रहेका छन् भने धरान उपमहानगर कमिटीका सबै २८५ जनालाई पनि राखिएको छ । यस्तै, धरानभित्र रहेका जिल्ला विभाग र जिल्ला सल्लाहकार सबै गरि १ सय ५० जना पनि मुल कमिटीमा छन् ।

यसैगरि, सबै जनसंगठनहरुको धरान नगर कमिटी र त्यसमाथिका नगर भित्रका सबैलाई मुल कमिटीमा समेटिएको अध्यक्ष एभेङले जानकारी दिए । यस्तै, वडा कमिटी र शाखा कमिटीका सबै र टोल कमिटीका सबैलाई समावेश गरिएको पनि उनले बताए । 

cpn-uml 2

cpn-uml-drn

cpn-uml-dhrnr