धरान: धरानको वडा नं ९ मा नेपाली कांग्रेसका उम्मेद्वारले अग्रता कायमै राखेका छन् ।

साँझ ६ बजेसम्मको मतगणनाको अपडेट अनुसार वडा अध्यक्षमा कांग्रेसका उम्मेद्वार रुपेश आचार्य ७०८ मतका साथ अग्रता कायम राखेका छन् । वडाअध्यक्षमा एमालेका उम्मेद्वार शिवकुमार राईले ४४१ मत प्राप्त गरेका छन् । 

यसैगरि, १३ सय मतगणना हुँदा मेयरमा गठबन्धनका उम्मेद्वार कांग्रेसका किशोर राईले ४४५ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ४२२ मत प्राप्त गरेका छन् । एमालेबाट मेयर उम्मेद्वार मञ्जु भण्डारीले २३० मत प्राप्त गरेकी छिन् । उपमेयरमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले ४७० मत प्राप्त गरेका छन् भने एमालेका उम्मेद्वार पदम इस्वोले ३९२ मत प्राप्त गरेका छन् ।