धरान: धरानको मतगणना कार्य विवादको कारण स्थगित भएको छ । 

धरानको वडा नं २० को मतगणना भइरहदा १८ वटा मतपत्र मतदान अधिकृतको हस्ताक्षरविनाको भेटिएको थियो । उक्त मतपत्र रद्द गर्ने निर्णयले वडा नं २० मा माओवादी केन्द्र पराजित  भएपछि विरोध शुरु भएको छ । अहिले माओवादी केन्द्रका कार्यकर्ताहरुले मतगणनास्थल निर्वाचन अधिकृतको कार्यालयअघि प्रर्दशन गरिरहेका छन् । सबै वडाको मतपत्र स्थगित भएको छ ।

माओवादी कार्यकर्ताहरुले जनताले अभिमत दिएको मतपत्रले मान्यता पाउनुपर्ने माग गरेका छन् भने मतदान अधिकृतलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । साथै पुनः मतदान हुनुपर्ने पनि उनीहरुको माग छ । 

bibad

केही बेरअघि सर्वदलीय बैठक भएको थियो । उक्त बैठकले कानुन वमोजिम मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र रद्द हुने निर्णय भएको थियो । हस्ताक्षर विनाको १८ वटा मतपत्रमा ११ वटा मतपत्र नेकपा माओवादी केन्द्रको प्यानल भोट भएको माओवादी केन्द्रका नेता, कार्यकर्ताहरुको दाबी छ । वडा २० को मतगणना सकिदा माओवादी केन्द्र ४ भोटले पराजित भएको बताइएको छ । नेपाली कांग्रेसले जिते पनि निर्वाचन परिणाम घोषणा भएको छैन । 

भिडियो: