धरान: धरानको मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ १४ मतले अग्रता लिएका छन् ।

वडा नं १९ को पछिल्लो २ हजार मतगणनाको नतिजा सार्वजनिक हुँदा स्वतन्त्र उम्मेद्वार साम्पाङले गठबन्धनका उम्मेद्वार किशोर राईलाई १४ मतले पछि पारेका हुन् । दिउँसो सवा २ बजेसम्मको मतगणना नतिजा अनुसार साम्पाङले ८१४० मत प्राप्त गरेका छन् भने गठबन्धन उम्मेद्वार राईले ८१२६ मत प्राप्त गरेका छन् । एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले ६७१३ मत प्राप्त गरेकी छिन् ।

यसैगरि, उपमेयरमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाको अग्रता कायमै छ । उनले ९१३६ मत प्राप्त गरेका छन् । एमाले उम्मेद्वार पदम इस्वोले ८८५१ मत प्राप्त गरेर बेघालाई पछ्याइरहेका छन् । 

यस्तो छ पछिल्लो मतगणनाको नतिजा:

laTEST