धरान: धरानको ३२ हजार बढी मतगणना सकिदा मेयरमा हर्क साम्पाङ ९४२ मतले अग्रता कायम गरेका छन् ।

बिहिबार राती ११ बजेसम्म भएको मतगणनाको नतिजा सार्वजनिक हुँदा मेयरमा उनले गठबन्धनका उम्मेद्वार किशोर राईलाई फराकिलो मतान्तरले पछि पारेका छन् । निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार साम्पाङले ९९५० मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेद्वार राईले ९००८ मत प्राप्त गरेका छन् । मेयरमा एमालेबाट उम्मेद्वार रहेकी मञ्जु भण्डारीको मत ७३४८ रहेको छ । साम्पाङसँग भण्डारी २६०२ मतले पछि परेकी छिन् भने गठबन्धन उम्मेद्वार राईसँग १६६० मतले पछि परेकी छिन् ।

यसैगरि, उपमेयर पदमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघा १० हजार ३४५ मतले अग्रता कायम राखेका छन् । उनलाई एमाले उम्मेद्वार पदम इस्वोले ९९३८ मत ल्याएर पछ्याइरहेका छन् । यो समाचार तयार पार्दासम्म ३२ हजार ९०४ मत गणना सकिएको छ। वडा नं ११, १३ र १४ को मतगणना जारी छ । 

update 1