धरान: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालका उम्मेद्वारले पाएको मतभन्दा कम घोषणा भएको भन्दै विरोध जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले वडा नं ११ को मत घोषणा गर्दा मञ्चले पाएको भन्दा कम घोषणा गरेको भन्दै मतगणना स्थगित गर्न र रि काउन्टिङ गर्न माग गरेको छ । निर्वाचन अधिकृतको कार्यालयले भने गणना स्थगित गर्न अस्वीकार गरेको छ । साथै, सामान्य त्रुटी भएको देखिएकोले सच्याइएको निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी दिए ।

मञ्चबाट मेयरमा अमर इजम उम्मेद्वार रहेका छन् । उनको चुनाव चिह्न दापसहितको खुकुरी हो । उनी आफै विरोध जनाउदै निर्वाचन अधिकृतसमक्ष कुरा राखेका थिए । उनले धाँधली भएको आरोप पनि लगाएका छन् । तर, निर्वाचन अधिकृत नेपालले भने त्यस्तो नभएको र सामान्य त्रुटी भएकोले सच्याएको प्रष्ट्याएका थिए ।