धरान: धरानको वडा नं २० को मतपत्र विवाद अझै सुल्झन सकेको छैन ।

यो प्रकरणमा नेपाली कांग्रेस एक्लिएको छ भने अन्य तीन दल नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले एक ठाउँमा उभिएको छ । बुधबार वडा २० को मतगणना भइरहदा १८ वटा मतपत्र मतदान अधिकृतको दस्तखत नभएको भेटिएको थियो । ती मतपत्र कानुनत स्वतः वदर भइसकेको छ । दस्तखत नभएको १८ वटा मतपत्रमा माओवादी केन्द्रको वडाका उम्मेद्वारको मात्र ११ भोट रहेको बताइएको छ । उक्त वडाको मतगणना सकिदा नेपाली कांग्रेसका उम्मेद्वार ४ मतले जितेको छ । तर, विवाद चर्किए पछि निर्वाचन अधिकृतको कार्यालयले औपचारिकरुपमा मतपरिणाम घोषणा गरेको छैन ।

कांग्रेसले तत्काल नतिजा घोषणा गर्नुपर्ने माग गरिरहेको छ भने यो घटनामा माओवादी केन्द्र, एमाले र जसपाले मतपत्र सदर गरेर गणना गर्नुपर्ने वा पुनः मतगणना गर्न माग गरेको छ । तीन वटै पार्टीले यो माग लिएर शुक्रबार संयुक्तरुपमा निर्वाचन अधिकृत पुष्करराज नेपाललाई ज्ञापन पत्र बुझाएका छन् । जर्बजस्ती उम्मेद्वार विजयी घोषणा गरेमा कुनै पनि मानवीय क्षति, भौतिक क्षति भएमा जवाफदेही निर्वाचन कार्यालय हुने पनि तीन दलले चेतावनी दिएका छन् ।

मतगणना गर्दा ११ सयभित्र दस्तखत नभएको देखिएकोले अरु पनि शंकास्पद हुनसक्ने भन्दै तीन दलले उक्त मतपत्र सदर गरी गणना गर्न या मतपत्रलाई पुनः मतगणना गर्न माग गरेको छ । यस्तै, मतदान अधिकृतलाई झिकाएर कडा कारबाही गर्न पनि माग गरेको छ ।

१२ घण्टाभित्र विजयी उम्मेद्वार घोषणा गर्न कांग्रेसको अल्टिमेटम

नेपाली कांग्रेसले भने १२ घण्टाभित्र वडा नं २० को विजयी उम्मेद्वारहरुको नाम घोषणा गर्न माग गरेको छ । नेपाली कांग्रेसले शुक्रबार साँझ निर्वाचन अधिकृतलाई ज्ञापन पत्र बुझाउदै अल्टिमेटम दिएको हो ।

कांग्रेसले कानुनीरुपमा वदर भइसकेको मत्रपत्रबारे बखेडा झिकेर विजयी भइसकेको उम्मेद्वारहरुको नामावली घोषणा गर्न निर्वाचन आयोगले आनाकानी गरेको जनाएको छ । कांग्रेसले मतगणनाको क्रममा वडा २ मा नेपाली कांग्रेसको उम्मेद्वार ६ मतले पछाडि हुँदा पुनः मतगणना गर्न माग गर्दा आयोग र विजयी हुदै गरेको उम्मेद्वारको पार्टी एमालेले अस्वीकार गरेपछि कांग्रेसले रि टोटलिङ मात्र गर्ने कुरा स्वीकार गरेको नजिर स्थापित भएको पनि स्मरण गराएको छ । 

congress-press

con-press