धरान: धरानको वडा नं १३ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।

मतगणना सम्पन्न हुँदा एमालेबाट वडाअध्यक्षमा नेत्रप्रसाद काफ्ले ३७८ मतअन्तरले निवार्चित भएका छन् । उनले १५७३ मत प्राप्त गरेर निवार्चित भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी गठबन्धनका पेम्बा तामांगले ११९५ मत प्राप्त गरेका छन् । वडाअध्यक्ष काफ्ले दोस्रो पटक निवार्चित भएका हुन् । उनी २०७४ को स्थानीय तह निर्वाचनमा पनि चुनिएका थिए ।

wada-13-ko

यस्तै, खुला सदस्य सन्तोष राई १४३६ र दलित महिला सदस्य उर्मिला परिवारले १३५९ मत पाएर दोस्रो पटक निवार्चित भएका छन् । खुला महिला सदस्यमा सुन्दरी श्रेष्ठले १२३२ मत प्राप्त गरिन् भने खुला सदस्यमा तारा तामाङ गोलेले १४३६ मत प्राप्त गरेर निवार्चित भएका छन् ।