धरान: धरानको वडा नं १५ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । 

एमालेबाट वडाअध्यक्षमा नरेश इवारम ३६०८ मत प्राप्त गरेर निवार्चित भएका छन् । उनले आफ्नो निकटतम प्रतिद्धन्दी गठबन्धनका सुवास खवासलाई २४२६ को फराकिलो अन्तरले पराजित गरे । खवासले ११८२ मत प्राप्त गरेका छन् । वडाअध्यक्ष इवारम दोस्रो पटक निवार्चित भएका हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा पनि उनको प्यानल विजयी भएको थियो ।

dhrn-15,

महिला वडा सदस्यमा सृर्जना नेपाल २६८३ मत प्राप्त गरेर विजयी भइन् भने दलित महिला सदस्यमा रचना नेपाली २६३९ मत प्राप्त गरेर निवार्चि भइन् । यस्तै, खुला सदस्यमा बादल भट्टराई २५३३ र रंगलाल गिरी २४०३ मत प्राप्त गरेर निवार्चित भएका छन् ।

भिडियो:

 


dhrn-15 1