धरान: धरानको मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले १६ हजार मत कटाएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार साँझ ६ बजेसम्म ५० हजार १०९ मत गणना भएको छ । उक्त मत गणना हुँदा साम्पाङले १६ हजार २६ मत प्राप्त गरेका छन् । उनी गठबन्धनका मेयर उम्मेद्वार किशोर राईभन्दा २८४४ मतले अगाडि छन् । गठबन्धनका राईले १३ हजार १८२ मत प्राप्त गरेका छन् । एमाले उम्मेद्वार मञ्जु भण्डारी १० हजार ६२२ मत प्राप्त गरेकी छिन् । 

यस्तै, उपमेयरमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले पनि १६ हजार २६ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । एमाले उम्मेद्वार पदम इस्वोले १४ हजार ४३१ मत प्राप्त गरेका छन् । अहिले वडा १५, १६ र १७ को मतगणना भइरहेको छ ।