धरान: धरानको वडा नं १६ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । 

वडाअध्यक्षमा कांग्रेसका उम्मेद्वार मुरारी भट्टराईले एमालेको उम्मेद्वारलाई ३२६ मतान्तरले हराउदै निवार्चित भएका छन् । भट्टराईले २०४४ मत प्राप्त गरेका छन् । पराजित एमालेका उम्मेद्वार हिमाल कार्कीले १७१८ मत प्राप्त गरेका छन् ।

वडामा खुल्ला महिला सदस्यमा निवार्चित शुशिला श्रेष्ठले १९०४ मत, दलित महिला सदस्यले १९१० मत प्राप्त गरेका छन् भने खुला सदस्यमा भिम लिम्बु १८२७ मत र मुकेश घिमिरेले १७६९ मत प्राप्त गरेर विजयी भएका छन्।