धरान: धरानको मेयरमा हर्कराज राई (साम्पाङ) जित सुनिश्चित भएको छ । 

अब धरानको मत ४६ सय हाराहारीमा गणना गर्न बाँकी छ । तर, उनले गठबन्धनका उम्मेद्वार किशोर राईभन्दा ४१५९ मतले अग्रता लिएका छन् । बाँकी रहेको मत राईलाई मात्र जाने सम्भावना छैन । त्यसैले मेयरमा साम्पाङको जित निश्चित जस्तै भइसकेको छ । एमाले उम्मेद्वार मञ्जु भण्डारीभन्दा ६३३३ मतले अघि छन् ।

धरानमा खसेको कुल मत ६२ हजार ८९७ छ । हालसम्म ५८ हजार २७७ मत गणना भइसकेको छ । अहिले धरानको वडा नं १६ र १७ को मात्र मतगणना हुन बाँकी छ । ती दुई वडामा पनि साम्पाङकै अग्रता छ । उनले १८४७६ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेद्वार किशोर राईले १४९९६ मत प्राप्त गरेका छन् । एमालेकी मञ्जु भण्डारीले १२१४३ मत प्राप्त गरेकी छिन् ।

उपमेयरमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाको अग्रता छ । बेघाले १८८६४ मत प्राप्त गरेका छन् । एमालेका उम्मेद्वार १६५८१ मत प्राप्त गरेका छन् । बेघाले २२८३ मतले अग्रता लिएका छन् ।

latest-data