धरान: बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा धरानको मेयरमा २० जना उम्मेद्वार थिए भने उपमेयरमा १० जना उम्मेद्वार थिए । उक्त निर्वाचनको नतिजा आइसकेको छ ।

मेयरमा लौरो चुनाव चिह्न भएका स्वतन्त्र उम्मेद्वार हर्कराज राई (साम्पाङ)ले सर्वाधिक २० हजार ८२१ मत पाएर निवार्चित भइसकेका छन् भने उपमेयर गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार अइन्द्रबिक्रम बेघा २० हजार ५१० मत प्राप्त गरेर निवार्चित भइसकेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयरमा १० हजार ४७७ मत वदर भएको छ भने उपमेयरमा १७ हजार २१४ मत वदर भएको छ ।

dharan-election 5

मेयरका २० जना उम्मेद्वारमध्ये एक जना स्वतन्त्र उम्मेद्वारले १ मत मात्र पाएका छन् भने एक जना स्वतन्त्र उम्मेद्वारको मत शुन्य अर्थात एक मत पनि छैन । उम्मेद्वार आफैले आफैलाई पनि मतदान गरेको देखिएन । मेयर र उपमेयरका उम्मेद्वारहरु र उनीहरुले पाएको मत यहाँ प्रस्तुत गरिएको छ:


मेयर पदका उम्मेद्वार:          पाएको मत

हर्कराज राई (स्वतन्त्र):   २०८२१ (विजयी)

किशोर राई (नेपाली कांग्रेस):  १६०५९

मञ्जु भण्डारी सुवेदी (नेकपा एमाले): १२८२५

नरेशकुमार शाक्य (राष्ट्रिय प्रजातन्त्र पार्टी):  १४८८

अमरबहादुर लिम्बु (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च):  ५१९

ताजुबकुमार लिम्बु(जनता समाजवादी पार्टी):  २१८

रत्नबहादुर कटवाल (स्वतन्त्र):   १२६

दिर्पाकुमारी राई (मंगोल नेशनल अर्गनाइजेशन):  ६८

रेणुका बिक (मौलिक जरोकिलो पार्टी):  ४५

सञ्जिव भट्टराई (स्वतन्त्र):  ४२

राजेशकुमार राई (जनमुक्ति पार्टी) :  ४१

राजकुमार राई (लोकतान्त्रि समाजवादी पार्टी):  २२

पासाङ शेर्पा (राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल):  १९

उमेश राई (खम्बुवान राष्ट्रिय मोर्चा):   १८

श्यामकुमार भुजेल (स्वतन्त्र ):    १०

लोकेन्द्रबहादुर डंगोल (आमुल परिवर्तन मसिहा पार्टी नेपाल) :  ६

सुवर्ण समसेर राई (स्वतन्त्र):  ५

सुर्यबहादुर न्यौपाने(स्वतन्त्र):  २

टोलकुमारी लुँईटेल (स्वतन्त्र) :  १ 

संजय पाण्डे (स्वतन्त्र):  ०


उपमेयरका उम्मेद्वार:        पाएको मत 

अइन्द्रबिक्रम बेघा (नेकपा माओवादी केन्द्र): २०५१० (विजयी)

पदमप्रसाद लिम्बु (नेकपा एमाले): १७६०६

दत्तकुमार लिम्बु(स्वतन्त्र) : ४१२९

पुर्णमाया राई (राष्ट्रिय प्रजातन्त्र पार्टी) : २२३७

सरस्वती सुब्बा (संघीय लोकतान्त्रि राष्ट्रिय मञ्च): ६०८

विनाकुमारी राई (जनता समाजवादी पार्टी): २८६

हेमकुमार दाहाल (मौलिक जरोकिलो पार्टी): ८१

श्याम कुमारी तामाङ (राष्ट्रिय जनमुक्ति पार्टी): ६९

हर्कराज राई (किरात खम्बुवान साझा पार्टी): ५७

प्रेमप्रसाद तिम्सिना(स्वतन्त्र) : १५

dharan-mayor-result

dharan-deputy-result