धरान: धरान उपमहानगरपालिकाको मेयरमा निवार्चित हर्कराज राई (साम्पाङ)ले आफ्नो पहिलो प्राथमिकता खानेपानी समस्या हल गर्ने रहेको बताएका छन् ।

मेयरमा निवार्चित भएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिदै मेयर राईले खानेपानी आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन् । उनले खानेपानीमा भइरहेको चुवाहट, मर्मतसम्भारमा भएको लापरवाहीलाई रोक्ने र सहजरुपमा खानेपानी विरतणको व्यवस्था मिलाउने पनि बताए । मेयर राईले भने, ‘मेरो पहिलो प्रथामिकता खानेपानी हुन्छ । म समस्या समाधान नभएसम्म फिल्डमा नै हुन्छु ।’

harka-g1

मेयर राईले खानेपानीको दीर्घकालिन समाधानको लागि सप्तकोशीबाट पानी ल्याउने पनि बताए । उनले विपी प्रतिष्ठानको स्वास्थ्य सेवा सुधार गर्नु पनि आफ्नो प्राथमिकता रहने बताए । आफु स्वतन्त्र व्यक्ति जितेको भएपनि सबैसँग सहकार्य र समन्वय गरेर नै अघि बढ्ने मेयर राईको भनाई छ । आफ्नो विद्रोही स्वभाव अब परिवर्तन हुने भन्दै मेयर राईले भने,‘अब मेरो भुमिका परिवर्तन भयो । पहिला म कराईमात्र रहन्छे, अब त्यस्तो हुनेछैन । सबैसँग सहकार्य र समनवय गरेर अघि बढ्छुँ ।’

भिडियो: