धरान: सर्दु-निशाने खोला दोभानबाट १० इञ्च पाइप विस्तार गरेर धरानको वडा नं १३ स्थित जानकी चोकसम्म पानी ल्याउन सफल भएको छ ।

मेयर हर्क साम्पाङको दोस्रो प्राजेक्टकोरुपमा भइरहेको खानेपानी अभियान अन्तर्गत सोमबार १० इञ्च पाइपबाट पानी जानकी चोकसम्म आएको हो । गोर्खा पिस फाउण्डेशन र हर्क साम्पाङ सपोर्ट कमिटी युकेको सहयोगमा निर्माण भइरहेको खानेपानी ट्यांकी क्षेत्रबाट १० इञ्च पाइप विस्तार गरिएको छ । उक्त पाइप करिब २ किलोमिटर जाडन गरेर सोमबार जानकी चोकसम्म पुगेको थियो । 

janaki3

पाइप जानकी चोकसम्म पुगेपछि मेयर साम्पाङले सबैलाई पानीमा नुहाउन आउनको लागि फेसबुकबाटै आह्वान गरेका थिए । पानी आउने आशामा श्रमदानमा खटिएका युवायुवती, वृद्धवृद्धाहरु पनि दिउँसो जानकी चोकमा पुगेका थिए । पाइपबाट पानी खसेपछि खुशीयाली मनाउदै सबै नुहाएका थिए । मेयर साम्पाङ पनि केही ढिला गरि आएका थिए, र उनले पनि पाइपबाट खसेको पानीमा रुझेर खुशी मनाए । 

janaki1

मेयर साम्पाङले आफु ज्यादै खुशी भएको प्रतिक्रिया दिदै सबै श्रमदानमा खटिने र आर्थिक सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिएका थिए । यो पानीलाई धरान १० स्थित स्वास्तिका चोकमा रहेको टंकीसम्म १० इञ्च पाइपमार्फत पुर्याइनेछ । सर्दु निशाने दोभानमा २ लाख १० हजार लिटर क्षमताको ट्यांकी निर्माण भइरेको छ । ट्यांकी निर्माण भएपनि त्यहाँ जम्मा भएको पानी यही पाइपमार्फत स्वास्तिका चोकको ट्यांकीमा पुर्याइनेछ । उक्त ट्यांकीमा हालसम्म जंगलमा पम्प गरेर आएको पानी मात्र जम्मा हुने गरेको छ । त्यसैले पम्प बिग्रदा वा विजुली नहुदा खानेपानी संकट हुने गरेको छ । यो समस्या हल गर्नको लागि नै मेयर साम्पाङले सतह (खोला)को पानी लैजाने योजना अघि सारेका हुन् । 

भिडियो :

janaki7

janaki5

janaki6

janaki4

janaki