धरान: कोशी प्रदेश नाम खारेजीको आन्दोलनलाई व्यवस्थित गर्ने उद्देश्यले सुनसरीमा ‘पहिचानका लागि युवा’ समिति गठन गरिएको छ । 

मंगलबार धरानमा किरात राई चाम्लिङ खाम्बातिमका केन्द्रीय सदस्य ‘राजु के राईको संयोजकत्वमा ६३ सदस्यीय पहिचानका लागि युवा समिति गठन गरिएको हो । किरात राई यायोक्खाका केन्द्रीय महासचिब एवं पहिचानका लागी युवा परिचालन समितिका संयोजक भिम राईको उपस्थितिमा समिति गठन गरिएको हो । समितिको तीन सह–संयोजकमा क्रमसः आइतराज थोप्रा, उद्धब लिम्बु र करुण राईलाई चयन गरिएको छ । समितिको सचिबमा सागर सरगम चेम्जोङ र तीन सह–सचिबमा डेबिट सुब्बा, उपार्जन राई र बिनिता लिम्बु छन् । 

यस्तै, समितिको कोषाध्यक्षमा ज्ञान प्रसाद राई चयन भएका छन् भने प्रचार प्रसार विभागको जिम्मेवारी किरात राई पत्रकार संघ, सुनसरीलाई दिइएको छ । समितिमा प्रदेश नम्बर १ पुनः नामाकरण संयुक्त संर्घष समितिमा आबद्ध किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नागरिक उन्मुक्ती पार्टी, संघीय लिम्बुवान मञ्चलगायतका ६५ वटा घटकबाट युवाहरुलाई चयन गरिएको मुल समितिका संयोजक भिम राईले जानकारी दिए । उनले केन्द्रमा १ सय ५१ सदस्यीय ‘पहिचानका लागी युवा परिचालन समिति’ गठन गरिएको बताए ।‘केन्द्रमा मेरो नेतृत्वमा १ सय ५१ सदस्यीय पहिचानका लागि युवा परिचालन कमिटि गठन भएको छ’ संयोजक राईले भने ‘जिल्ला स्तरमा सुनसरीमा पहिलो समिति गठन गरियो, अब हामी १४ वटै जिल्लामा गठन गछौं ।’

उनले पालिका तथा वडा स्तरसम्म नै समिति गठन गर्ने समेत जानकारी दिए । उनले समितिका युवाहरुको काम कोशी प्रदेश नाम खारेजी आन्दोलनाई व्यावस्थित र अनुशासित ढंगले अगाडी बढाउनको लागि गठन गरिएको संयोजक राईले बताए । समितिले दैविक प्रकोप, सामाजिक काम, र भष्टाचारको विरुद्धमा पनि खबरदारी गर्ने संयोजक राईको भनाई छ ।

भिडियो: