धरान: धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य विकास भाटीले स्थानीय तहमा कार्यपालिका सदस्यको कुनै भुमिका नभएको भन्दै असन्तुष्टी प्रकट गरेका छन् ।

आइतबार धरानको नगर सभाअघिको कार्यपालिका बैठक सम्पन्न भएपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै भाटीले आफु निवार्चित भएको १ बर्ष बितिसक्दा पनि कार्यपालिका सदस्यको औचित्य के हो भनेर बुझ्न नसकेको बताए । उनले कार्यपालिका सदस्य पनि जनप्रतिनिधि भएको तर न कार्यकारी भुमिका न बजेट पाएको भन्दै असन्तुष्टी जनाए । साथै उनले कार्यपालिका सदस्यको व्यवस्था नै खारेज गरिदिन भन्दै मागसमेत गरे । धरानमा ८ जना कार्यपालिका सदस्यहरु छन् । उनीहरुलाई निर्वाचनबाट चुनिएका मेयर, उपमेयर, वडाअध्यक्ष र वडा सदस्यहरुले पुनः मतदान गरेर निवार्चित गरेका हुन् ।

bikash bhati

कार्यपालिका सदस्य भाटीले आफुहरु पनि जनप्रतिनिधिकोरुपमा निवार्चित भएर आएकोले जनताबाट अपेक्षाहरु आउने तर बजेट नहुँदा केही गर्न नसकिने बताए । उनले बैठकमा मेयर, उपमेयर कोष जस्तै कार्यपालिका सदस्य कोष पनि विनियोजन गर्नुपर्ने माग गरेका थिए । तर उनको माग सुनुवाई नभएपनि उनी थप असन्तुष्ट भएका हुन् । ‘केही गछौं भनेर आएका थियौं, जसरी मेयर, उपमेयर जनप्रतिनिधि भएर आएपछि जनताबाट केही आशा हुन्छ भन्नुभयो, हामीबाट पिन जनताले आशा गरेका हुन्छन्,’भाटीले भने,‘हामीलाई पनि कार्यपालिका सदस्य कोष भनेर बजेट विनियोजन हुँदा सानोतिनो काम भएपनि गर्नसक्थ्यौं, तर विनियोजन भएन, दुःख लाग्यो ।’

एक बर्षसम्म बैठकमा आएर टेवल ठटाउनुबाहेक कुनै भुमिका नभएको भन्दै उनले आगामी दिन भुमिका र बजेटसहित कार्यपािलका सदस्यहरुलाई काम गर्ने मौका दिनुपर्ने पनि माग गरे । ‘खासमा बिषयगत समितिहरुमा कार्यपालिका सदस्यहरुलाई भुमिका दिइनुपर्छ,’उनले भने । 

भिडियो: