धरान: डेंगु महामारीले ग्रस्त धरानमा घरैपिच्छे डेंगुका विरामी छन् । करिब दुई महिनादेखि फैलिएको डेंगुको प्रकोपले ८ जनाको मृत्यु भइसकेको छ । 

स्थानीय सरकारले डेंगु नियन्त्रणमा ठोस कार्ययोजना तयार नगरेको र प्रभावकारी कदम नचालेको भन्दै आलोचनाका बीच मेयर हर्क साम्पाङ भने आइतबार विद्यार्थीहरुलाई आफ्नो घरमा सर्च एण्ड डिष्ट्रोय गर्न आग्रह गर्दे विद्यालयहरुमा पुगेका छन् । मेयर साम्पाङले स्वास्थ्य महाशाखाको टोली लिएर धरानका निजी तथा सामुदायिक विद्यालयहरुमा पुगेका हुन् । 

धरान १७ स्थित पञ्चकन्या माविका विद्यार्थीहरुलाई घरमा जम्मा गरेको पानीमा लार्भा भए पोखाएर नष्ट गर्न र सातामा २ पटक हेर्न मेयर साम्पाङले आग्रह गरेका थिए । उनले वडा १७ पछि ११, १८, १२ वडाका विभिन्न निजी तथा सामुदायिक विद्यालयमा पुगेर विद्यार्थीहरुलाई यस्तो आग्रह गरेका हुन् । कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई यस्तो ज्ञान दिइएको हो । 

dengu mayor school

यसअघि धरानका सबै विद्यालयका प्रअहरुलाई बोलाएर विद्यार्थीहरुलाई आफ्नो घरमा सर्च एण्ड डिष्ट्रोय गर्न उपमहानगरपालिकाले आग्रह गरेको थियो । उक्त बैठकपछि पनि विद्यालयहरुले डेंगुबारे सचेतना फैलाएको छ कि छैन भनेर बुझ्न र विद्यार्थीहरुलाई आफै सचेत गराउन पनि हिडेको मेयर साम्पाङले बताए । स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले विद्यार्थीहरुले पनि घरमा पुगेर जमेको पानीमा लार्भा भए, नभएको हेरेर नष्ट गरेमा डेंगु महामारी रोकथाममा धेरै मद्दत पुग्ने बताए । 

भिडियो :