धरान : मेयर हर्क साम्पाङको रोहवरमा बीपी प्रतिष्ठानका पदाधिकारी र आन्दोलनरत शिक्षक चिकित्सकहरुबिच रातभर वार्ता भए पनि निष्कर्षविहिन भएको छ ।

सहमतिको ड्राफ्ट तयार भएपनि पदाधिकारीले हस्ताक्षर गर्न नमानेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो । खासगरी सहमतिको बुदामा "शिक्षकहरुको वाकी अन्तवार्ता सुचारू गर्ने मात्रै लेख्ने कि लोकसेवा आयोगसहित सरोकारवालाहरुको परामर्शमा गर्ने" भन्ने लेख्ने बारे कुरा नमिल्दा वार्ताको परिणाम निस्कन नसकेको हो । रजिस्ट्रार प्रा.डा.सुर्य सङ्ग्रौलाले परामर्श गरेर भन्ने बुदा नलेखे हस्ताक्षर नगर्ने अडान राखेपछि कसैले पनि हस्ताक्षर गरेनन् ।

20231105_214847

बेलुकी करिब साढे ६ बजे प्रतिष्ठानको गेष्ट हाउसमा सुरु भएको वार्ता राती २ बजेसम्म चलेको थियो । पदाधिकारीहरुले हस्ताक्षर गर्न नमाने पछि मेयर साम्पाङ राती (आज बिहान) २ बजे  बैठकबाट बाहिरीएका थिए । सहमति भैसकेको भए पनि रेक्टर प्रा.डा. सन्जिव शर्मा विदेशमा भएकोले पदाधिकारीले जुम मिटिङ गरेर सल्लाह गर्ने र मात्रै हस्ताक्षर गर्ने कुरा भएकोले आफू निस्केको साम्पाङले बताए । उनले आफू आज विहान पुनः बीपी आउने पनि बताए ।

वार्तास्थल बाहिर विधार्थीहरुले धर्ना पनि दिएका थिए । विगत एक महिनादेखि पठनपाठन र परिक्षाहरु ठप्प भएकोले वार्ता सफल हुनुपर्ने माग गर्दै विद्यार्थीहरु धर्ना बसेका थिए । वार्तामा प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्की, रजिष्ट्रार प्रा.डा.सुर्य संग्रौला, अस्पताल निर्देशक डा.जगतनारायण प्रसाद, आन्दोलनरत शिक्षक कल्याण समाजका प्रतिनिधि र मेयर साम्पाङ सहभागी थिए ।  

भिडियो: