धरान: धरानको पर्यटनको चर्चा गर्दा विगतमा भानुचोकको घण्टाघर र विजयपुर डाँडामा अवस्थित मठमन्दिरहरु आउने गथ्र्यो । यस्तै, पिकनिक स्पटकोरुपमा दक्षिणी क्षेत्रको जंगलमा रहेको सामुदायिक वनहरु प्राथमिकतामा पर्थे । 

पछिल्लो समय भने धरानको पर्यटनमा नयाँ आयाम थपिएको छ । मेयर हर्क साम्पाङ नेतृत्वमा आएपछि श्रमदान अभियान चलाएर निर्माण गरेको श्रमसँस्कृति पार्क धरानको नयाँ पर्यटकीय गन्तव्यकोरुपमा उदाएको छ । हिजोआज धरान घुम्न आएका पाहुनाहरु श्रम सँस्कृति पार्क नपुगि फर्कदैनन् । विगतमा अव्यवस्थित टहरा भएको, खोला किनारको बगर र झाडी क्षेत्रलाई श्रमदान अभियान चलाएर सुन्दर पार्कमा परिणत गरिएको छ । 

भिडियो:

आज (शनिबार) नयाँ बर्ष २०८१ सालको पहिलो दिन बैशाख १ गते श्रमसँस्कृति पार्क क्षेत्रमा घुम्न आउने पर्यटक तथा पाहुनाहरुको थामिनसक्नु भीड थियो । धरानका मात्र होइन, धनकुटा, इटहरी, मोरंग र इलामबाट पनि श्रम अभियानबाट बनेको पार्क हेर्न धरान आएका थिए । संघीय सांसद दुर्गा राई पनि श्रम अभियानबाट बनेको पार्क हेर्न आइपुगेकी थिइन् । उनले स्थानीय सरकारले जनतालाई विकाससँग जोडेर धरानले उदाहरणीय कार्य गरेको प्रतिक्रिया दिइन् । धरानका विभिन्न वडाहरुबाट घुम्न आएकाहरुले विगतमा इटहरी, भेडेटारलगायत क्षेत्रमा जाने गरेकोमा यसपाली आफ्नै ठाउँमा घुम्न पाएको भन्दै खुशी व्यक्त गरेका थिए । 

भिडियो:

हुन त विगतमा पनि उक्त क्षेत्र ओशो आश्रम र विपी स्मृति पार्ककोरुपमा परिचित थियो । तर, पार्क भनिएपछि पर्याप्त पर्यटकीय पुर्वाधारको अभावले पर्यटकहरुलाई लामो समय अल्मलिने अवस्था थिएन । विगतमा सरकारी बजेट एक करोड बढी खर्चिए पनि परिणाम देखिने गरि काम भएको थिएन । अहिले भने श्रमदानबाट सचेत धराने समुहले एसडिएस रक गार्डेन निर्माण गरिरहेको छ भने स्वतन्त्र नागरिक समुहले एसएनएस चौतारी, स्वतन्त्र दिदीबहिनी समुहले एसडिबी रोज गार्डेन निर्माण गरिसकेको छ । यस्तै, आरा धरान पनि निर्माण भएको छ भने संघीय सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको बजेटबाट साँगुरीगढी श्रमसँस्कृति पदमार्ग पनि धमाधम विस्तार भइरहेको छ । 

shram park1

shram park2

shram park3

shram park5

shram park9

shram park4

shram park18

shram park17

shram park7

shram park19

shram park8

shram park7

shram park20

shram park21