विराटनगर: प्रदेश नं १ मा बेमौसमी झरीको करण तीन दिन यता बाढी पहिरोबाट ६२ जनाको मृत्यु भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी पहिरोबाट २० जना घाईते भएका छन् भने १३ जना बेपता भएका छन् । सयौ घर डुवानमा परेका छन् । सबै भन्दा बढी पाँचथर जिल्लामा मानवीय क्षति भएको प्रहरीले जनाएको छ । पा ...
धरान: दुई दिनअघिको भारी बर्षासँगै सर्दु खोलामा आएको बाढीले धरानको प्रसिद्ध पर्यटकीय गन्तव्य चिण्डे डाँडा जान निर्माणाधिन पुलमा क्षति पुगेको छ । सर्दु खोलामा निर्माणाधिन पुलको पश्चिमतर्फ स्पानको लागि ढलाई गर्न स्काफोल्डिङ लगाएर बाँधेको डण्डी बाढीले लडाएको हो । ‘ढलाई गर्न स्काफोल्डिङ लगाएर डण्डी ...
धरान: धरानको फुस्रोमा भएको आगलागी पुर्णरुपमा नियन्त्रणमा आएको छ । प्रहरी, सशस्त्र प्रहरी, सेना, स्थानीयबासी र दमकलको प्रयासमा आगलागी पुर्णरुपमा नियन्त्रणमा आएको हो । आगो समयमा नै नियन्त्रणमा आएकोले ठुलो क्षति हुन नपाएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । उनले भने ...
धरान: धरानको वडा नं १३ स्थित फुस्रे चोकको एक घरमा आगलागी भएको छ । आज बिहान करिब साढे १० बजे फुस्रे चोकस्थित उत्तम श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागी भएको समय घरमा बुहारी मात्र थिइन् । पेट्रोल सार्ने क्रममा किचनको ग्याँसमा आगो सल्किएको प्रहरीले जनाएको छ । उपमहानगरपालिकाको दमक ...
धरान: अबिरल बर्षासँगै आएको बाढीले मोटरसाइकलसहित बगाएका एक युवाको शव इटहरीमा फेला परेको छ । मंगलबार इटहरी २ पानीपियाबाट मंगलबार इटहरी २ शान्तिनगरका ३१ बर्षीय योगेन्द्र तिवारीलाई मोटरसाइकलसहित बाढीले बगाएको थियो । उनको शव आज बिहान आपगाछीमा फेला परेको इटहरीका सञ्चारकर्मी पवनविवश अधिकारीले जानकारी ...
धरान: लेउती खोलामा आएको बाढीले सडक बगाएपछि अवरुद्ध बनेको कोशी राजमार्गको धरान धनकुटा सडक खण्ड एकतर्फीरुपमा खुलेको छ । सडक डिभिजन कार्यालय, प्रहरी, ट्राफिक र नेपाली सेनाको पहलमा बाटो मर्मत गरेर अस्थायीरुपमा एकतर्फी यातायात सुचारु भएको जिल्ला ट्राफिक प्रमुख एवं सई सुरेन्द्र खड्काले जानकारी दिए । उनले ...
धरान: निरन्तरको बर्षासँगै आएको बाढीले वेपत्ता बनाएका एक जनाको शव इटहरीमा फेला परेको छ । इटहरीस्थित आर्मी क्याम्पअघिको खोल्सामा आज दिउँसो एक जना पुरुषको शव भेटिएको हो । सञ्चारकर्मी पवनविवश अधिकारीका अनुसार माटोले पुरेको अवस्थामा शव भेटिएको छ । ‘आर्मी क्याम्प अगाडिको खोल्सामा शव भेटिएको छ, ५५-६० ...
धरान: निरन्तरको बर्षाले नेपाल विद्युत प्राधिकरणको दुहबी ग्रिड जलमग्न भएपछि हिजो रातीदेखि विद्युत अवरुद्ध छ । पानीको सतह घटाउने प्रयास भइरहे पनि विद्युत सुचारु हुन कति समय भन्ने यकिन छैन । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार ग्रिडमा जमेको पानी घटाउने कार्य भइरहेको छ । ‘पानीको ...
धरान: धनकुटाको चौबिसे गाउँपालिका १ मा दशैं मान्न पाहुना आएकासहित ६ जनाको पहिरोले मृत्यु भएको छ । गए राती करिब १२ बजेतिर पहिरोले ६० बर्षीय भीमबहादुर श्रेष्ठको घर पुरिएको थियो । पहिरोले घर परिदा घरधनी श्रेष्ठसहित उनका नाती ९ बर्षीय विनोद, नातिनी ५ बर्षीया निर्जलाको मृत्यु भएको छ भने पाहुना आएका झ ...
धरान: निरन्तरको बर्षासँगै लेउती खोलामा आएको बाढीले कोशी राजमार्ग अन्तर्गतको धरान–धनकुटा सडकमा क्षति पुगेको छ ।धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ फेदीमा लेउतीको बाढीले करिव ५० मिटर सडक बगाएको हो । सडक डिभिजन कार्यालयका सुपरभाइजर अमृता राईका अनुसार मंगलबार दिउँसो ४ बजेतिर कोशी राजमार्गमा क्षति प ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित