धरान:आज लकडाउनको चौथो दिन । शुरुवाती दुई दिन लकडाउन उल्लंघनका घटनाहरु धेरै भए । तर, तेस्रो दिनदेखि प्रहरीले लकडाउनमा कडाई गरेपछि भने अन्य सहरमा जस्तै धरानमा पनि लकडाउन अटेर गर्नेहरुको संख्या घटेको छ ।

आज दिउँसो धरानको भानुचोक पुग्दा सुनसान थियो । ट्राफिक, जनपद, सशस्त्र र नगर प्रहरीहरु मात्र केही संख्यामा भानुचोकमा देखिन्थे । गाडीहरु चलेको थिएन । एम्बुलेन्स र अत्यावश्यक गाडीहरु जसले पास लिएको थियो, ति मात्र सडकमा गुडेका देखिन्थे । तरकारी, पिउने पानी, खाद्यान्न ढुवानी र अस्पताल गइरहेका गाडीलाई मात्र छुट दिइएको ट्राफिक प्रहरी राजकुमार ढकालले बताए ।

 lockdown3 1 bhanu-chowk-dharan bhanu-chowk-lockdown5 bhanuchowk-lock-down lockdown loockdown1