विराटनगर: गोर्खा वेल्फेयर ट्रष्ट नेपालले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ५ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि ट्रष्टले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ४ वटा ह्याण्ड वास पोइन्ट सहित विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको एरिया वेल्फेयर सेन्टर धरानका प्रमुख सिनियर एरिया वल्फेयर अफिसर पूर्णप्रसाद लिम्वुले बताए ।

ट्रष्टले विपी प्रतिष्ठानलाई एन ९५ मास्क, आईआर थर्ममिटर, मेडिकल गाउन, सर्जिकल मास्क, ग्लोब्स, सेनिटाईजर लगायतका ५ लाख १० हजार ५ सय ३१ रुपैयाँको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको लिम्बुले बताए । डिएफ्आईडीको आर्थिक सहयोगमा विभिन्न स्वास्थ्य सामाग्रीहरु प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरिएको थियो ।