धरान: फागुन ४ गते बुधबार साँझ र ५ गते बिहिबार धरान भेडेटार सडक खण्डमा पर्ने जंलमा २ वटा अलग अलग जेब्रा झोलामा पुरुषको लाश भेटिएपछि सनसनी फैलियो । 

शरीर टुक्रा टुक्रा बनाएर प्लाष्टिकले प्याक गरि धरानको जंगलमा फालेको समाचार भाइरल बने । बुधबारदेखि नै प्रहरी घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धानमा जुट्यो । तर, ४ दिन बितिसक्दा पनि मृतक को हुन् भन्ने सनाखत नहुदा प्रहरी सामु चुनौती पनि खडा भयो । त्यसैले आइतबार साँझ प्रहरीले अपराध महाशाखासँग समन्वय गरे मृतकको अनुहारको स्केच बनाएर पहिचान गर्न सार्वजनिक पनि गरेको थियो । 

सनाखत नभएर अनुसन्धानमा चुनौती सामना गरिरहेको प्रहरीलाई लाशको पाइन्टको गोजीमा भेटिएको फेस मास्क र भिजिटिङ कार्ड महत्वपुर्ण क्लु सावित भयो । फेस मास्कमा एसेट प्रोटेक्सन, टटविर पेट्रोलियम, बिएच मास्क लेखिएको थियो भने भिजिटिङ कार्डमा रियो टुर्स (कमल तलिब), एक्जुकेटिभ डाइरेक्टर लेखिएको थियो । त्यही फेस मास्क र कार्डको आधारमा मृतकको सम्बन्ध बहराइनसँग भएको प्रहरीले अनुमान लगाएर श्रम कार्याल र अध्यागमन कार्यालयसँग बहराइनबाट आएको कामदारको विवरण माग गर्यो । 

mueder-dinesh

प्रहरीले फेस मास्क र रियो टुर्ससँग आवश्यक जानकारी माग गर्दै इन्टरपोल शाखामार्फत बराहइन प्रहरीलाई समन्वयको लागि पत्राचार गरेको थियो भने फागुन ९ गते (सोमबार) बहराइन प्रहरीमार्फत जनवरी ४ (पुष २० गते) टटविर पेट्रोलियममा सेक्युरिटी गार्ड काम गर्ने इलाम बाँझो घर भई हाल दमक ५ बस्ने दिनेश सिग्देल १५ दिन विदामा घर आएको र अवधि पुरा भएपछि पनि फर्कि नआएको खुलेको सुनसरी प्रहरीका प्रमुख तथा एसपी सञ्जयसिंह थापाले जानकारी दिए । उनका अनुसार अध्यागमन मार्फत जनवरी ४ मा दिनेश नेपाल आएको पनि पुष्टि भएको थियो । 

बहराइन प्रहरी र अध्यागमनबाट यति खुलेपछि प्रहरीले दिनेशको बुबा हाल झापाको शिवसतासी ११ झिलझिले बस्दै आएका सुरेन्द्र सिग्देल र जेठी श्रीमति निर्मला सिग्देललाई खोजी गरेर फेला पारे । उनीहरुलाई धरान ल्याएर मृतकको शव देखाउदा इलामको बाझो १ स्थायी घर भई विराटनगर ३ पिपल चोकमा कान्छी श्रीमतिसँग दिनेश डेरामा बस्दै आएको र हालै बहराइनबाट विदा आएको भनेर सनाखत गरेका थिए । 

murder-mask

मृतकको बुबा र जेठी श्रीमतिले सनाखत गर्दे कान्छी श्रीमतिसँग बस्दै आएको महत्वपुर्ण जानकारी हासिल गरेपछि प्रहरी अनुसन्धान कान्छी श्रीमति अनितातर्फ सोझियो । प्रहरीले कान्छी श्रीमति अनितालाई नियन्त्रणमा लिएर सोधपुछ गर्न थालेपछि मात्र विभत्स हत्या घटनाको रहस्य पर्दाफास भयो । उनले आफ्नो प्रेमी विराटनगर ४ इक्राही बस्ने सरोज भण्डारीसँग मिलेर श्रीमान्को हत्या गरेको र लाशको टाउको, तिघ्रा काटेर प्लाष्टिकले बेरेर झोला भित्र राखी धरान ४ मा फालेको स्वीकार गरेको सुनसरी प्रहरी प्रमुख तथा एसपी थापाले जानकारी दिए । 

भिडियो: